काठमाडौँ । नेकपा एमाले र माओवादी केन्द्रबीच एकता गर्न गठित पार्टी एकता संयोजन समितिको आजको बैठक सकिएको छ ।
एमाले अध्यक्ष केपी ओली निवास भक्तपुर बालकोटमा बसेको बैठकमा राष्ट्रियसभा उम्मेदवारको प्रदेशगत भागबन्डा अनुमोदन गरेको छ ।
यस अघि कार्यदलमा सहमति गरिएको राष्ट्रियसभा एमालेले २९ र माओवादीले १४ सिटमा उम्मेद्वारी दिने प्रस्तावलाई आजको बैठकले टुंगो लगाएको हो।
साथै बैठकले नयाँ सरकार गठन भएपछि सुशासन, समृद्धि र विकास निर्माणका कार्यमा सुझाव दिन कार्यदल गठन गरेको छ । सो कार्यदलको संयोजकमा वामदेव गौतम रहेका छन् भने सदस्यहरूमा भीमरावल, डा.विजय पौडेल, गिरीराजमणी पोखरेल, वर्षमान पुन र मीनबहादुर श्रेष्ठ रहेका छन् ।