• २०८१ बैशाख १७ सोमबार

वीरगञ्जमा ५० बिघाभन्दा बढी जमिन भारतले मिचेको छ : एमाले-माओवादी विद्यार्थी नेता 

kharibot

काठमाडौं । भारतसँग सीमा जोडिएको पर्सा जिल्लाको वीरगञ्ज महानगर १ छप्कैयामा भारतले गाडेको सीमास्तम्भले नेपाली भूमि मिचिएको हल्लासँगै एमाले र माओवादी केन्द्रका विद्यार्थी नेता आइतबार त्यहाँ पुगेका छन् ।

नेपाली भूमि मिचिएकोमा आफूहरुको ध्यानाकर्षण भएको भन्दै अनेरास्ववियूकी अध्यक्ष नविना लामा र अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ आइतबार वीरगञ्ज पुगेका हुन् । 

उक्त क्षेत्रको अवलोकनपछि संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै अध्यक्षद्वयले मुख्य स्तम्भ ३९१ देखि ३९३ सम्म करिब १३८ फिटको दरले तीन किमि भूभागसम्म ठाउँ ठाउँमा नेपाली भूमि मिचिएको उल्लेख गरेका छन् ।

उनीहरुले सरकारले दिएको जग्गाधनी पुर्जा समेत आफूहरुले हेरेको भन्दै ५० बिघाभन्दा बढी जमिन स्पष्ट रुपमै मिचिएको दाबी गरेका छन् । उनीहरुका अनुसार सुगौली सन्धिताका नदी सिमानालाई आधार मानी नक्सा बनाउँदा नै गम्भीर राष्ट्रघात भएको छ ।

त्यसताकाको स्ट्रिप म्यापमा दुई देशका सरकार प्रमुखको हस्ताक्षर नभएको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ । उनीहरुले भारतीय पक्षले भवन निर्माण समेत गरेको भन्दै आपत्ति जनाएका छन् । उनीहरुले सीमा नक्सा पुनरवलोकन गर्नुपर्ने समेत माग गरेका छन् । 

यसका लागि कूटनीतिक रुपमा विवादको स्थायी समाधान खोज्न सरकारसँग माग गरिएको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै