• २०८१ बैशाख १६ आइतबार

प्रचण्ड-उत्तर कोरियन राजदूत भेटवार्ता : प्रचण्डले पाए उत्तर कोरिया भ्रमणको निम्तो   

kharibot

तस्बिर : प्रचण्ड सचिवालय

काठमाडौं । नेपालका लागि उत्तर कोरियाका राजदूत किम योङ हाकले पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेट गरेका छन् । आइतबार बिहान माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा अध्यक्ष प्रचण्ड र राजदूत हाकबीच भेट भएको हो । 

भेटमा राजदूत ले नेपालमा बाम गठबन्धन बनाएर निर्वाचनमा विजय हासिल गरेकोमा अध्यक्ष प्रचण्डलाई बधाई दिएका थिए । हाकले सेप्टेम्बरमा हुने कोरियन कम्युनिष्ट पार्टीको ७०औ पार्टी स्थापना दिवसका आतिथ्यका  लागि अध्यक्ष प्रचण्डलाई निमन्त्रणा पनि गरेका छन् । 

हाकले दक्षिण कोरिया र उत्तर कोरियाका जनता र आफुहरु पनि राष्ट्रिय एकता र एकीकरणको पक्षमा भएको जानकारी दिँदै नेपालमा प्रचण्डको नेतृत्वमा चलेको युद्धले एकात्मक सत्ताको अन्त्य र गणतन्त्रको स्थापना गरेकोमा खुसी व्यक्त गरेका थिए । 

जवाफमा अध्यक्ष प्रचण्डले बधाईका लागि धन्यवाद दिँदै कोरियन कम्युनिष्ट पार्टीको स्थापना दिवसमा पार्टीको तर्फबाट उच्च स्तरीय प्रतिनिधि मण्डल उपस्थित हुने जानकारी दिए ।

अध्यक्ष प्रचण्डले किम इल सुनको संघर्षको गाथाबारे आफु जानकार रहेको बताउँदै नेपालमा शान्ति प्रक्रिया, संविधान निर्माण, संविधान कार्यान्वयनमा दलहरु मिलेर सफलता हासिल गरेको जानकारी दिएको प्रचण्डको निजी सचिवालयले जानकारी गराएको छ । 

सो अवसरमा अध्यक्ष प्रचण्डले राजनीतिक स्थिरता र आर्थिक समृद्धिका लागि एमाले-माओवादीबीचको एकता छिट्टै टुंगोमा पुग्न लागेको जानकारी गराएका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै