• २०८१ बैशाख १५ शनिबार

राष्ट्रियसभा सदस्य निर्वाचनको मतदाता नामावली सार्वजनिक (सुची सहित)

kharibot

काठमाडौँ । राष्ट्रियसभा सदस्य निर्वाचनका मतदाताहरूको नामावली निर्वाचन आयोगले आइतबार प्रकाशित गरेको छ ।

निर्वाचन कार्यतालिका अनुसार आयोगले आइतबार  ७ वटै प्रदेशको मतदाता नामावली प्रकाशित गरेको हो ।

सातवटै प्रदेशबाट एक दलित, एक अपाङ्गता भएका व्यक्ति वा अल्पसख्यक, कम्तिमा ३ महिलासहित ८ जनाको दरले ५६ जना राष्ट्रिय सभा सदस्य चुनिनेछन् । १/१ दलित र महिला गरी १४ जनाको बहुमतीय प्रणालीबाट निर्वाचन हुनेछ भने ३ महिला र ३ खुलाको लागि गरी ४२ को निर्वाचन एकल संक्रमणीय प्रणालीको आधारमा गरिँदैछ । सरकारको सिफारिसमा कम्तिमा १ महिलासहित ३ जना राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था छ ।

राष्ट्रिय सभा निर्वाचनमा ७५३ स्थानीय तहका १५०६ र प्रदेश सभा सदस्य ५५० गरी २०५६ मतदाता हुनेछन् । प्रत्येक प्रदेशको मतसख्या र मतभार फरक फरक हुनेछ । प्रदेश १ का १३७ स्थानीय तहका २७४ र प्रदेश सभा सदस्य ९३ गरी ३६७ मतदाता हुनेछन् ।

सातवटै प्रदेशमा माघ २४ गतेको लागि तोकिएपछि राष्ट्रिय सभाको निर्वाचनमा स्थानीय तह प्रमुख र उपप्रमुख तथा प्रदेश सभा सदस्य मतदाता हुनेछन् ।

स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार १८ तोकिएको छ भने प्रदेश सभा सदस्यको मतभार ४८ छ । स्थानीय तहमा १५०६ मतदाताको २७१०८ मतभार हुन्छ । प्रदेश सभाको ५५० मतदाताको २६४०० मतभार रहेको छ । राष्ट्रिय सभा निर्वाचनको कुल ५३५०८ मतभार हुन्छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचन, २०७४ को लागि  मतदाता नामावली हेर्न यँहा क्लिक गर्नुहोस :
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय