• २०८१ बैशाख २६ बुधबार

सर्वोच्चद्वारा पुनरावेदनको फैसला सदर, दीपक मनाङ्गेलाई ५ वर्ष जेल सजाय

kharibot

काठमाडौं । सर्वोच्च अदालतले ज्यान मुद्दामा दीपक मनाङ्गेलाई ५ वर्ष जेल सजाय सुनाएको छ ।

डन दीपक मनाङ्गे प्रदेशसभा चुनावमा मनाङ ‘ख’ बाट प्रदेशसभा सदस्य विजयी भएका छन् । तर, सपथ नलिँदै उनी ज्यानमुद्दामा दोषी ठहर भएका छन् ।

दीपक मनाङ्गेको समूहमाथि ०६१ सालमा मिलन चक्रेलाई तरबार हानेको मुद्दा परेको थियो । जिल्ला अदालत काठमाडौंले मनाङ्गेलाई २ वर्ष जेल सजाय सुनायो भने गणेश लामा, रेवत कार्की, रमेश सुनुवार र उमेश लामालाई सफाइ दियो ।

अरुलाई पनि जेल सजायको माग गर्दै सरकारी वकिलको कार्यालय सर्वोच्च गएको थियो । न्यायाधीश दीपकराज जोशी र पुरुषोतम भण्डारीको संयुक्त इजलासले तत्कालीन पुनरावेदनकै फैसलालाई सदर गरेको छ । अब उनको सांसद् पद स्वहः खारेज हुने भएको छ । 


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै