• २०८१ बैशाख २० बिहीबार

दलाल मार्फत् उखु खरिद गर्दा  किसान मर्कामा

kharibot

फाइल फोटो ।

रौतहट । उद्योगी र दलाल मिलेर उखु खरिदमा किसानलाई ठगी गरिरहेका छन् । 

नियमनकारी निकायको मौनताका कारण उद्योगीले छुट्टाछुट्टै स्थानमा उखु खरिदका लागि काँटा राखेर दलालमार्पmत निर्धारित दरभाउभन्दा निकै कम मूल्यमा किसानको उखु खरिद गरिरहेका छन् । 

उखु उत्पादक किसान संघ र चिनी उत्पादक उद्योगीबीच काठमाडौँमा अर्को भाउ नतोकुन्जेल प्रतिक्विन्टल उखुुको मूल्य मिलमा ५३१ रुपैयाँ २० पैसा निर्धारण गरिएको थियो । निर्धारित दररेटमा किसानको उखु खरिद गर्नुपर्नेमा गरुडास्थित श्रीराम सुगर मिल्स, रिलायन्स सुगर मिल तथा एभरेष्ट सुगर मिल्सले २६ रुपैयाँ २० पैसा कम मूल्यमा खरिद गरिरहेको किसानले गुनासो गरेका छन् । 

जिल्लामा २० लाख क्विन्टलभन्दा बढी उखु उत्पादन हुन्छ । श्रीराम सुुगर मिल गरुडाले प्रतिक्विन्टल ६ रुपैयाँ २० पैसा कम मूल्यमा खरिद गरिरहेको छ । सो मिलले दलालमार्फत उखु खरिद गरिरहेको कटहरिया नगरपालिका–१ हर्षाहाका गणेश साहले बताए । 

त्यसैगरी, रिलायन्स र एभरेष्ट सुुगर मिलका केही कर्मचारी र दलाल मिलेर समनपुर, बडहरवा, विजयपुर, दुधिअवालगायत स्थानमा काँटा खोलेर प्रतिक्विन्टल उखु रु १६ देखि रु २६ कममा खरिद गरिरहेका पीडित किसानले बताएका छन् । उखु उत्पादक किसान संघका अध्यक्ष अशोककुमार यादवले तीनवटै मिलका कर्मचारी र केही व्यापारी मिलेर किसानलाई ठगी गरिरहेको बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै