• २०८१ बैशाख २७ बिहीबार

विभाजनको प्रयासपछि राप्रपाको केन्द्रीय समिति बैठक हेटौडामा बस्दै 

kharibot

काठमाडौँ ।  राप्रपाको केन्द्रीय समिति बैठक भदौ १ गते हेटौंडामा बस्ने भएको छ ।

नेता पशुपतिशमशेर जबराले पार्टी विभाजनको प्रयासपछि राप्रपाको केन्द्रीय समिति बैठक पहिलो पटक बस्न लागेको हो ।

पशुपति शमशेरसहितका नेताहरुले पार्टी विभाजनको कोशिश गरेपछि निर्वाचन आयोगले गरेको सनाखत र भावी रणनीति बारे बैठकमा छलफल हुने राप्रपाले जनाएको छ । 

पशुपतिशमसेर पक्षलाई साउन २९ गते ५ बजेसम्म हस्ताक्षर सनाखतको समय निर्वाचन आयोगले दिएपनि राणा समुहले आफ्ना केन्द्रीय सदस्यहरु कोहि विदेश र कोहि काठमाडौँ बाहिर रहेको भन्दै आयोगमा निवेदन दिएपछि आयोगले भाद्र ४ गतेसम्मको समय दिएको छ ।  

यता राप्रपाले भने रित नपुगेको निवेदन खारेज गर्नुको सट्टा आयोगले सनाखत गर्न सुचना जारी गर्नु, आफैंले जारी गरेको सुचना किनारा नलगाइ पुनः सनाखतको समयावधि बढाउनुले निर्वाचन आयोगको विश्वसनीयता कमजोर हुने बताएको छ ।

राप्रपाले विभिन्न शक्ति केन्द्रको दबाब र प्रभावमा निर्वाचन आयोगले निर्णय गरेकोले सो निर्णय दुःखद र विडम्बनापूर्ण रहेको उल्लेख गरको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै