• २०८१ बैशाख १५ शनिबार

एसियाली बजारमा उत्कृष्ट विक्रेता बन्यो ओपो

kharibot

फाइल तस्बिर

काठमाडौं । वैश्विक बजारकै अग्रणी प्राविधिक ब्राण्ड ओपोले एसियाली बजारमा १५ प्रतिशत बजार हिस्सा ओगट्दै शिर्ष स्थान हात पार्न सफल भएको छ । 

ओपोले भिभो, सियाओमी, सामसुङ र हुआवे लगायत स्मार्टफोन निर्मातालाई पछि पार्दै अग्रणी स्थान हात पार्न सफल भएको हो ।

ओपोलाई पछ्याउँदै १३ प्रतिशत बजार हिस्सा सहित भिभो दोस्रो स्थानमा रहेको छ भने, १२ प्रतिशत बजार हिस्सा सहित सियाओमी र सामसुङ तेस्रो स्थानमा रहेका छन् । त्यसैगरी, ११ प्रतिशत बजार हिस्सा सहित हुआवे भने चौथौँ स्थानमा रहेको छ । प्राविधिक मार्केट रिचर्स फर्म काउण्टरपोइन्टले आफ्नो नयाँ प्रतिवेदनमा उल्लेख गरेको छ । 

‘एसिया हाम्रो लागि एक प्रमुख बजारका रुपमा रहँदै आएको छ । हामीले यहाँका उपभोक्ताको माग तथा आवश्यकताको आफ्ना उत्पादनका माध्यमबाट सम्बोधन गर्न सफल भएको हाम्रो विश्वास छ । ’, एक विज्ञप्ति जारी गर्दै ओपोले जानकारी दिएको छ, ‘ढुवानीका आधारमा उत्कृष्ट ३ ब्राण्ड भित्र पर्न सफल हुनु हाम्रालागि वास्तवमै गौरवको विषय हो । समय सापेक्ष रुपमा उपभोक्ताको माग र आवश्यकतालाई दृष्टिगत गर्दै बहु उपयोगी उत्पादनहरु उपलब्ध गराउदै लैजानु हाम्रो प्रमुख प्राथमिकता हुनेछ ।’

उच्च गुणस्तरिय उत्पादनका साथै उपभोक्ताका मागलाई विशेष प्राथमिकताको विषयका रुपमा सम्बोधन गर्नु ओपोको सफलताको प्रमुख कारक हो । उपभोक्तालाई अझ सुदृढ तथा विशेष अनुभव प्रदान गर्ने सोचका साथ ओपोले एसियाका अधिकांश भागमा आफ्नो विक्रि तथा सेवा केन्द्रको सञ्जाल ब्यापक रुपमा विस्तार गरिरहेको छ ।  मनोरञ्जन, खेल, सामाजिक सञ्जाल लगायत माध्यमबाट यूवा वर्ग लक्षित सफल मार्केटिङ क्याम्पेन सञ्चालनले पनि यसमा उल्लेख्य भुमिका निर्वाह गरेको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै