एमाले अध्यक्ष ओली नियमित उपचारका लागि बैंकक प्रस्थान 

खरीबोट

काठमाडौँ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नियमित उपचारका लागि बैंकक प्रस्थान गरेका छन् ।

मृगौला प्रत्यारोपणपछि बैंककमा नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका ओलीलाई चिकित्सकले दिएको तालिका अनुसार यसअघि नै जानुपर्ने भएपनि आज मात्रै उनी त्यसतर्फ लागेका हुन् ।

बैंकक जानु अघि त्रिभुवन बिमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, – ‘म फर्किएर आएपछि पार्टी एकताका आवश्यक काम अघि बढ्छ ।’

थाई एयरलाईन्समार्फत दिउँसो १ बजेर ५५ मिनेटमा प्रस्थान गरिने भनिएपनि उडान समय केही ढिला हुन पुगेको थियो ।

चुनाव अघिनै नियमित परिक्षणका लागि बैंकक जनाए तालिका रहेको भएपनि निर्वाचनमा व्यस्त भएका कारण समयमै उनी बैंकक सकेका थिएनन् ।  केही दिनयता उनको स्वास्थ्यमा खराबी आएपछि घरमै आराम गरिरहेका थिए भने माओवादी केन्द्रसँगको बैठक पनि उनकै निवासमा बसेको थियो ।
 
 

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रधानमन्त्रीमा केपी ओली नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेकी छिन् । राष्ट्रपति भण्डारीसामु आफ्नो प्रधानमन्त्रीमा दाबी गरेलगत्तै भण्डारीले ओलीलाई नेपालको संविधानको धारा ७६ को उपधारा २

केपी ओली एमाले अध्यक्षकै हैसियतमा प्रधानमन्त्री बन्छन् : शेरधन राई 

काठमाडौं । नेकपा एमालेका नेता एवम् प्रदेश नम्बर १ का संसदीय दलका नेता शेरधन राईले एमाले अध्यक्ष केपी शर्मा ओली अध्यक्षकै हैसियतमा प्रधानमन्त्री बन्ने ठोकुवा गरेका छन् । मंगलबार रिपोर्टर्स

वेटिंग प्रधानमन्त्री ओलीको ‘मनि लाउन्डरिङ’ ले सशंकित

काठमाडौं । सोमबार वेटिंग प्रधानमन्त्रीका रुपमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले अनौठो योजना सार्वजनिक गरेका छन् । आफू प्रधानमन्त्री भएपछि सम्पत्ति शुद्धीकरण नीति बदल्ने र विभिन्न अवस्थाबाट लुकाइएका र

एमाले एक लाइन टेलिफोनको लागि खुलेको पार्टी होइन – केपी ओली 

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार देशप्रति सरकार गैरजिम्मेवार ढंगले प्रस्तुत भएको बताएका छन् । हामीले जम्मा गरेको ढुकुटी खर्च गर्न किन नपाउने भनेर केटाकेटी कुरा गरेको