• २०८१ बैशाख १५ शनिबार

तराईका चीसो पीडित जनतालाई वितरण गर्न गृह मन्त्रालयले पायो एक अर्ब बढीको अख्तियारी 

kharibot

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तराईका बाढीपीडितलाई घर मर्मतका साथै तत्काल चिसोबाट जोगाउन न्यानो लुगा खरिदका लागि वितरण गर्न गृह मन्त्रालयलाई एक अर्ब चार करोड ६ लाख ५० हजार रुपैयाँको अख्तियारी दिएको छ । 

बाढीका कारण पूर्णरुपमा घर क्षति भएका ४१ हजार छ सय २६ घरधूरीलाई प्रतिपरिवार घर मर्मत गर्न १५ हजार र न्यानो कपडा खरिदका लागि १० हजार रुपैयाँ वितरण गर्ने गरी प्राधिकरणले उक्त रकम गृह मन्त्रालयलाई आइतबार अख्तियारी दिएको प्राधिकरणका निमित्त सचिव यमलाल भूसालले जानकारी दिए । 

प्राधिकरणअन्तर्गतको बाढी पुनर्निर्माण तथा पुनस्र्थापना आयोजना प्रमुख डा. सुमन कर्णले तराईमा अत्यधिक चिसोका कारण जनजीवन प्रभावित भएकाले तत्काल राहतस्वरुप घर मर्मत गर्न र न्यायो लुगा खरिदका लागि भोलिदेखि नै प्रभावित जिल्लाका जिल्ला बिपद् व्यवस्थापन समितिमार्फत रकम बितरणको प्रक्रिया सुरु गरिने बताए । 

कर्णका अनुसार बाढीपछिको पुनस्र्थापना आवश्यकता आकंलन प्रतिवेदन अनुसार १८ जिल्लामा पहिचान भएका ४१ हजार ६ सय २६ घरधुरीलाई क्षति भएका घर निर्माणवापत भविष्यमा उपलव्ध गराइने अनुदानमा घटाई हिसाव मिलान गर्ने गरि रकम बितरण गर्न लागिएको हो । 

आयोजना प्रमुख कर्णले तराईमा राहत बितरणको कामलाई प्रभावकारी बनाउन विभिन्न राजनीतिक दल र सरोकारवाला निकायसँग छलफल भइरहेको बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै