नयाँ दिल्ली । चर्चित पानामा पेपर्स खुलासाको सुचिमा परेका भारतीय महानायक अमिताभ बच्चनलाई भारतीय जाँच एजेन्सीले छानविन गर्ने भएका छन् ।
भारतीय आयकर विभागले सुपरस्टार बच्चनको पानामा पेपर्सको खुलासमा नाम आएपछि जाँच टोली भर्जिन आइल्याण्ड पठाउने तयारी गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
तर अमिताभ बच्चनले भने आफुले विदेशमा गरेको कारोबार सबै भारतीय कानुन अनुसार नै गरेको भन्दै करछलीको अस्विकार गरेका छन् ।
पानामा पेपर्सले सन् १९९७ देखि २०१५ सम्म संसार भरिका प्रतिष्ठित व्यक्तिहरुले आफ्नो देशमा कर छलीगर्न करछुट भएका देशमा गरेको लगानीको पर्दाफास गरेको थियो । जसमा
भारतीय फिल्म उद्योगका कैयौं अभिनेता र निर्माताहरुको नाम पनि रहेको थियो । पानामा पेपर्सको खुलासापछि पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले केहि हप्ता अघि मात्र आफ्नो पद गुमाएका छन् । पनामा पेपर्स खुलासाको सुचिमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन देखि कैयौ अन्य राजनीतिज्ञ, व्यापारी, कलाकारहरुको नाम सामेल थियो ।