कृषि विकास बैंक चरिकोट उपशाखामा लापर्बाही

खरीबोट
ad

चरिकोट ।  कृषि विकास बैंक चरिकोट उपशाखामा चरम लापर्बाही भएको तथ्य सार्वजनिक भएको छ । 

उपशाखाका प्रबन्धक दीपक खतिवडाले पहँुचका आधारमा ऋणीलाई व्यवहार गरेको भन्दै साना ऋणीले दुखेसो गरेका छन् । उनीहरुले ठूला ऋण लिएर ब्याजसमेत नतिरेको र साना ऋणीले एक÷दुई पटक ब्याज नतिर्दा पत्रिकामा नामावली सार्वजनिक गरिएको भन्दै आपत्ति जनाएका छन् । 

रु दुई लाख ऋण लिएको तर एकपटक पनि ताकेताको पत्र नकाटी एक्कासी पत्रिकामा नाम सार्वजनिक गरेपछि आफूलाई पूर्वाग्रही तरिकाले बैंकका प्रबन्धकले व्यवहार गरेको स्थानीय व्यवसायी प्रभाकुमारी तुलाधरले बताउनुभयो । बैंकले राष्ट्रिय दैनिक पत्रिकामा नाम प्रकाशित गर्नुपर्छ भन्दै ऋणीसँग रु पाँच हजारको दरले रकम मागेको उनले भने ।  

त्यसैगरी रु २५ लाख साँवा भएको र ब्याज तिर्न करिब रु पाँच लाख हुँदासमेत त्यस्ता व्यापारीले दबाब दिँदा उनीहरुको नाम पत्रिकामा प्रकाशित नगरिएको र नियमित कारोबार राम्रो छ भनी अर्काे बैंकलाई पत्रसमेत दिएपछि ऋणीले गुनासो गरेका छन् । 

प्रबन्धक खतिवडाले नयाँ ऋण माग्न आएका भीमेश्वर नगरपालिका– ३ का तीलक थापाले सबै कागजात जुटाउन लगाएर घुस मागेपछि घुस दिन्नभन्दा आफूलाई ऋण नदिएको आरोप लगाए । उनले भने, “हामी सोजासिधा जनतालाई कि ऋण दिन सकिदैन भन्नुपथ्र्यो कि कागजात जुटाउन लगाएपछि ऋण दिनुपथ्र्याे ।” 

अर्का व्यवसायी बिदुर बस्नेतले आफूलाई बैंकका प्रबन्धक खतिवडाले पूर्वाग्रही तरिकाले व्यवहार गरेको बताउँदै नाम पत्रिकामा ननिकाल्ने भए पैसा लाग्ने बताएको आरोप लगाए । यसैगरी स्थानीयले बैंकले नयाँ सेवाग्राहीलाई ऋण दिन्न भने पनि पहुँचका आधारमा ऋण लगानी गरेको आरोप लगाएका छन् । 

प्रबन्धक खतिवडाले बैंकले लगानी गरेको ऋण उठाउन सो कदम चालेको बताए । उनले भने, “कसको नाम निकाल्ने, कसको नाम ननिकाल्ने प्रबन्धकको अधिकारको कुरा हो ।” 

बैंकले ऋण नतिरेको भन्दै ६८ जना व्यवसायीको नाम राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित गरेपछि साना ऋणी र पहुँचवाला ठूला ऋणीबीच विवाद चुलिएको हो । 

सम्बन्धित समाचार

कृषि विकास बैंकद्धारा विद्यालयलाई कम्प्युटर लगायतका सामग्री सहयोग 

कृषि विकास बैंकले तेह्रथुमको एक विद्यालयलाई कम्प्यूटर, प्रिन्टर, सोलर प्यानल उपलब्ध गराएको छ ।  बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकको उप–शाखा कार्यालय चुहानडांडाको आयोजनामा तेह्रथुम अवस्थित हसंवाहिनी आधारभुत विद्यालयलाई सो

कृषि विकास बैंक र क्लियरिङ्ग हाउसबीच कनेक्ट-आइपिएस संञ्चालन गर्ने सम्भौता 

काठमाडौँ । कृषि विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच पुनस् कनेक्टआइपिएस संचालन गर्ने सम्बन्धि सम्झौता भएको छ । सो सम्झौतामा कृषि विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौला र

नेपाल वित्तीय संस्था कर्मचारी संघ कृषि विकास बैंक लि.छैटौ परिषद सुरु 

काठमाडौं ।  कृषि विकास बैंक लि.को केन्द्रीय तालिम प्रतिष्ठान, बोडे भक्तपुरमा नेपाल वित्तीय संस्था कर्मचारी संघ कृषि विकास बैंक लि. को छैटौ परिषद सुरु भएको छ । सोमबार पूर्वअर्थमन्त्री एवं

कृषि विकास बैंकद्वारा कृषि सामग्रि हस्तान्तरण

काठमाडौँ । सामाजिक सामुदायिक कार्यक्रम अन्र्तगत कृषि विकास बैंक डडेलधुरा उपशाखाबाट आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृति लिला प्रकास सिटौलाको प्रमुख आतिथ्यमा कषि क्षेत्र अन्र्तगत तरकारी उत्पादनमा कृयाशिल बकण्डे ताजा

Loading...

Loading...