ताप्लेजुङ । सगरमाथा युवा क्लव मोरङ ताप्लेजुङमा भइरहेको पाथिभरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
आइतबार भएको दोस्रो सेमिफाइनलमा सशस्त्र प्रहरी बल दमकलाई २–१ गोलले पराजित गर्दै सगरमाथा युवा क्लव मोरङ फाइनलमा प्रवेश गरेको हो ।
अब प्रतियोगिताको उपाधिका लागि चर्च व्याइज काठमाडौं र सगरमाथा युवा क्लव खेल्ने भएका छन् ।
शनिबार भएको पहिलो सेमिफाइनलमा घरेलु टोली नव प्रयास युवा क्लवलाई १–० ले पराजित गर्दै चर्च व्याइजले फाइनलमा पुगेको थियो ।