• २०८१ बैशाख १४ शुक्रबार

फिल्म ‘कान्छी’को ‘यो दिल दाऊमा लाउने’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

kharibot

काठमाडौँ । अभिनेत्री स्वेता खड्काले निर्माण गरेको यस बर्षको प्रतिक्षीत फिल्म ‘कान्छी’को शिर्ष गीत सार्वजनिक भएको छ । 

यस अघि सार्वजनिक भएको ‘चरी चट्ट परी’ बोलको गीतले दर्शकको अपार माया पाएसँगै बिहीवार फिल्ममा समावेश ‘यो दिल दाऊमा लाउने’ बोलको गीत सार्वजनिक भएको छ । 

चर्चित संगीतकार अर्जुन पोख्रेलको संगीत रहेको गीतमा दयाराम पाण्डेको शब्द र धर्मेन्द्र सेवानको स्वर रहेको छ । बसन्त श्रेष्ठको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा नायिका श्वेता खड्का र नायक दयाहाङ राई फिचरिङ छन् । 

यो गीत फिल्मको टर्निङ प्वाइन्ट हुनसक्ने अनुमान लगाउन सकिन्छ । गीतको भिडियोलाई लोकेशन, कोरियोग्राफी र खिचाइले उत्कृष्ट बनाएको छ । फागुन ४ गतेबाट प्रदर्शनमा आउन लागेको ‘कान्छी’लाई 'कोहिनूर' फेम निर्देशक आकाश अधिकारीले निर्देशन गरेका हुन् । 

श्वेता आफैले निर्माण गरेको यस फिल्ममा दया र श्वेताका अलावा अनु शाह, प्रज्जवल सुजल गिरी र तेश्रोलिङ्गी अभियान्ता भूमिका श्रेष्ठको पनि अभिनय छ ।

ग्रामीण भेगकी कान्छीको कथा बोल्ने फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन, शम्भूजित बाँस्कोटा, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत रहेको छ । 'कोहिनूर'पछि श्वेताले ‘कान्छी’मार्फत फिल्म निर्माण र अभिनयमा कमब्याक गरेकी हुन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै