विप्लव समूहका दुई नेता जेल चलान

खरीबोट
ad

गाईघाट, उदयपुर ।  नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी उदयपुरका दुई जिल्ला नेतालाई प्रहरीले मंगलबार पुर्पक्षको लागि प्रहरी हिरासतबाट जिल्ला कारागार शाखा उदयपुर बोक्सेमा जेल चलान गरेको छ । 

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार सो पार्टीका जिल्ला सेक्रेटरी बाबुराम सुवेदी र अर्का सदस्य बलबहादुर मगरलाई ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ सम्बन्धित मुद्दामा जेल चलान गरिएको हो । 

सुवेदी र मगरलाई मंसिर २१ गते सम्पन्न भएको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको समय अगाडि निर्वाचन भाँड्न विस्फोटक पदार्थ प्रयोग गरेर जिल्लाका विभिन्न स्थानमा बम विस्फोट गरेको आरोप छ । 

यस्तै, मंसिर १६ गते उदयपुरगढीको दनुवारबेँसीमा नेपाली काँग्रेसबाट प्रतिनिधिसभामा उम्मेदवार बनेका नारायणबहादुर कार्की र उहाँका सल्लाहकार मीरा कटुवालसहितको टोलीको गाडीलाई लक्षित गरेर एम्बुस विस्फोट गराएर ज्यान मार्ने उद्योग गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरेर हिरासतमा राखेर मुद्दा चलाइएको प्रहरील बताएको छ । 

अब उनीहरुलाई अदालतमा मुद्दा चलिसकेका कारण पुर्पक्षका लागि जेल चलान गरिएको उदयपुरको प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले बताए । 

सम्बन्धित समाचार

विप्लवका जिल्ला इन्चार्ज पक्राउ गर्न खोज्दा प्रहरी जवान घाइते

चितवन । बिप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज लालबहादुर बिसीलाई पक्राउ गर्ने क्रममा प्रतिरोध हुँदा एक प्रहरी जवान घाइते भएका छन् ।  जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले शनिबार राति भरतपुर महानगरपालिका–९ मा

विप्लव समूहले चुनाखानीको एक्साभेटर जलायो

रत्ननगर, चितवन  ।  पूर्वी चितवनको कालिका नगरपालिकास्थित शक्तिखोरको कोलारमा सञ्चालित चुनाखानीमा प्रयोग हुँदै आएको एउटा एक्साभेटरमा एक समूहले आगो लगाएको छ ।  शक्तिखोर बजार नजिकै सम्फ¥याङमा राखिएको एक्साभेटरमा आज बिहान करीब ४

भरतपुरमा बम विस्फोट, विप्लव समुहले गराएको आशंका

रत्ननगर, चितवन । चितवनको भरतपुर ओरालोनजिक रोयल सेन्च्युरी होटल र भाटभटेनी सुपरमार्केटको बीचमा आज बिहान ३ः४५ बजेको समयमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले ग्रिनेट विस्फोट गराएको चितवनका प्रहरी उपरीक्षक

रिहा भएका कम्युनिष्ट पार्टीका नेताहरु पुनः पक्राउ

गाईघाट, उदयपुर ।  जिल्ला अदालत उदयपुरले धरौटी राखेर बिहीबार तारेखमा रिहा गरेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय तथा जिल्ला नेताहरु पुनः पक्राउ परेका छन् ।  सो पार्टीका केन्द्रीय सदस्य किरण राई सहितका