• २०८१ बैशाख १५ शनिबार

लघुबित्त बैकहरुले पुरष्कार तथा सम्मान ग्रहण गर्न नपाउने 

kharibot

काठमाडौ । नेपाल राष्ट्र बैकले लघुबित्त बित्तीय संस्थाहरुलाई कुनै पनि सम्मान तथा पुरष्कार ग्रहण गर्न नपाउने व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको छ । आज मंगलबार लघुबित्त संस्थाहरुको नाउँमा परिपत्र जारी गर्दे राष्ट्र बैकले उक्त निर्देशन दिएको हो  । 

निर्देशन अनुसार ईजाजतप्राप्त संस्थाले प्रत्यक्ष वा अप्रतक्ष्यरुपमा आर्थिक सहायता, चन्दा, वा अन्य कुनैपनि प्रकारको शुल्क, बित्तीय योगदान गरेको आधारमा मात्र सोको प्रतिफलस्वरुप कुनै बिदेशी निकायबाट पुरष्कार वा सम्मान ग्रहण गर्न पाईने छैन ।

तर कुनैपनि बिदेशी निकायबाट सम्मान वा पुरष्कार ग्रहण गर्नुपर्दा राष्ट्र बैकका पुर्व स्वीकृती लिनुपर्ने छ । यसरी पुरष्कार वा सम्मान लिदा पुरष्कार तथा सम्मान प्रदान गर्ने बिदेशी निकायको बैधानिक हैसियत एवं आधिकारिकता पुष्टि हुने कागजात राष्ट्र बैकमा पेश गर्नुपर्ने छ ।

यसैगरी राष्ट्र बैकले लघुबित्त संस्थाले उक्त संस्थाको अध्यक्ष, सञ्चालक र तथा प्रमुख कार्यकारी अधिकृतले बिदेश भ्रमणमा जानको लागि बिसं २०७४ चैत मसान्तसम्म कार्यबिधी बनाई लागु गर्नुपर्ने एवं उक्त भ्रमणको उदे्श्य, उपोगिता भ्रमण गरिने मुलक, टिममा सहभागी व्यक्तिहरु, भ्रमण अवधि खर्च समेत प्रष्टरुपमा उल्लेख गर्नुपर्ने छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय