• २०८१ बैशाख १४ शुक्रबार

सरकारको अनिश्चितासँगै सेयर बजारमा लगातार गिरावट, नेप्सेमा आज सबै सुचक ऋणात्मक

kharibot


काठमाडौ  । नयाँ सरकार बन्ने अनिश्चिता सँगै मंगलबार पनि नेप्से सबैजसो सुचकहरु ऋणात्मक देखिएको छ । नेप्से सुचक, नेप्से सेन्सिटिभ तथा कारोवार रकम सबै नै आज घटेकाछन । नेप्से आज २० दसमलव ६४ अंकले घटेर १४ सय ४७ दसमलव चार झरेको छ ।

यसैगरी सेन्सिटिभ पनि चार दसमलव १६ अंकले घटेर तीन सय चार दसमलव ८५ बिन्दुमा झरेको छ । आज कुल एक सय ५९ कम्पनीहरुको छ हजार दुई सय पाँच वटा कारोवारमा १० लाख ३८ हजार दुई सय ९८ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम ५४ करोड दुई लाख ९१ हजार एक सय ४४ रुपैयाँ पुगेको छ । 

नेप्सेमा आज सबैगरी कुल १० वटा समुहको कारोवार भएकोमा अन्य समुहको सुचक छ दसमलव ९४ अंकले बढेकोमा बाँकी समुहको सुचक उच्च अंकले घटेको छ । बीमा समुहको सुचक एकै दिन एक सय ३८ दसमलव ८१ अंकले घटेर सात हजार चार सय ३६ दसमलव ५२ बिन्दुमा झरेकोमा आठ करोड ९२ लाख २२ हजार सात सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

बाँणिज्य बैक समुहको सुचक १८ दसमलव २१ अंकले घटेर १२ सय ३९ दसमलव ६६ बिन्दुमा झरेकोमा २१ करोड ७५ लाख ७२ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । बिकास बैक समुहको सुचक पनि ३६ दसमलव ९१ अंकले घटेर १६ सय ३३ दसमलव ५५ बिन्दुमा झरेकोमा दुुई करोड ५५ लाख ७४ हजार सात सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यसैगरी जलबिद्युुत समुहको सुचक पनि आज ३६ दसमलव ६२ अंकले घटेर १९ सय ४९ दसमलव ५३ बिन्दुमा झरेकोमा चार करोड १८ लाख ८९ हजार दुई सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यि बाहेक ट्रेडिङ, होटल, फाईनान्स, उत्पादनमुलक र लघुबित्त समुहको सुचकमा पनि गिरावट आएको छ । 

आज बढी कमाउने कम्पनीको सुचीमा परेको महुली सामुदायिक लघुबित्त बित्तीय संस्थाको सेयर मुल्य नौ रुपैयाँ ९८ पैसाले बढेर २६ सय ५५ रुपैयाँमा प्रतिकित्ता सेयर कारोवार भएको छ भने  बढी गुमाउने कम्पनीको सुचीमा परेको  प्रोग्रेसिभ फाईनान्सको सेयर मुल्य छ रुपैयाँ ७२ पैसाले घटेर दुई सय २२ रुपैयाँमा कारोवार भएको छ ।

रकम कारोवारका आधारमा अग्रस्थानमा परेको स्टान्र्डड चार्टड बैंकको दुई हजार  १० रुपैयाँ अन्तिम मुल्यमा आठ करोड ३३ लाख ७५ हजार आठ सय ५१ रुपैयाँको सेयर कारोवार भएको छ भने नेपाल टेलिकमको आठ सय ६० रुपैयाँ अन्तिम मुल्यमा छ करोड ९२ लाख २६ हजार दुई सय पाँच रुपैयाँको सेयर कारोवार भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै