धनुषा र महोत्तरी जोड्ने रातोपुल पुनः भासियो

खरीबोट

महेन्द्रनगर (धनुषा) । विगत चार दिनदेखि भएको अविरल वर्षाका कारण पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनुषा र महोत्तरी जोड्ने रातो पुल पुनः भासिएको छ । 

तीन वर्ष पहिले पनि यो पुल भासिएको थियो । पूर्वलाई काठमाडौंसँग जोड्ने प्रमुख पुलको रुपमा यो पुल रहेको छ । पुल भासिएपछि पुलमा भारी सवारी निषेध गरिएको छ । हलुका सवारी मात्र जान दिइएको प्रहरीले जनाएको छ । पुल ४–५ इन्च भन्दा धेरै भासिएको प्रहरीले जनाएको छ । 

प्रहरी नायब उपरीक्षक सालिकराम शर्माका अनुसार आइतबार प्राविधिक जाँच पछिमात्रै अन्य सवारीलाई खोल्ने वा नखोल्ने टुंगो लाग्नेछ । खोलामा पानीको बहाब उच्च भएपछि पहिले डाइभर्सन दिएको स्थानमा अलि भासिएकाले सवारीसाधन आवागमन बन्द गरिएको धनुषाका प्रहरी उपरीक्षक लालमणि आचार्यले जानकारी दिए । 

इलाका प्रहरी कार्यालय, बर्दिबाससँग समन्वय गरी साँझ ७ बजेदेखि सवारीसाधन आउजाउ बन्द गरिएको उहाँले बताउनुभयो । पुलको अवस्था हेरेर मात्र साना सवारीसाधनहरु आउन जान सक्ने वा नसक्ने विषयमा विचार गरेर मात्र सञ्चालन गर्न दिने प्रहरीले जनाएको छ । 

सवारीसाधन सञ्चालनमा रोक लगाएपछि राजधानीसहित देशको विभिन्न ठाउँ जाने रात्रिकालीन बस सेवाका एक हजारभन्दा बढी गाडी र हजाराँै यात्री अलपत्र परेका छन् । 

सम्बन्धित समाचार

बाढीबाट क्षतिको पुनःउत्थानका लागि ७३ अर्ब लाग्ने

काठमाडौँ । गत साउनमा गएको भीषण वर्षाबाट उत्पन्न बाढीले रु ६० अर्ब ७१ करोड ६६ लाख क्षति भएको प्रारम्भिक प्रतिवेदनले जनाएको छ ।  राष्ट्रिय योजना आयोगले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको बाढीपछिको

तराईमा आएको बाढीका कारण कृषि क्षेत्रमा रु पाँच अर्बको क्षति

काठमाडौँ । कृषि विकास मन्त्रालयले केही महिनाअघि तराईमा गएको बाढीका कारण ३० जिल्लामा रु पाँच अर्बभन्दा बढीको कृषि क्षेत्रमा क्षति पुगेको जनाएको छ ।  सैँतीसौँ विश्व खाद्य दिवसका अवसरमा यहाँ सोमबार

तराईका बाढीपीडितलाई राहत प्याकेज दिने सरकारको निर्णय

काठमाडौँ । सरकारले तराईका बाढीपीडितलाई राहत प्याकेज दिने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बाढीले प्रभावित तराई क्षेत्रका नागरिकलाई विशेष प्याकेज दिने निर्णय गरेको हो । विशेष राहत प्याकेज लैजान अर्थ

बाढीबाट प्रभावित क्षेत्रको पुनर्निर्माणको जिम्मेवारी प्राधिकरणलाई 

काठमाडौं । नेपाल सरकारले यसै वर्खामा गएको बाढीबाट तराईका प्रभावित क्षेत्रहरुको पुनर्निर्माणको जिम्मेवारी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिएको छ । ती क्षेत्रको पुनर्निर्माणका लागि आवश्यक अध्ययन गरी नीतिगत व्यस्था मिलाउन र पुनर्निर्माणको समन्वय