बर्नलीसँग हार्दै लिग विजेता चेल्सीको खराब सुरुवात, रोनीको गोलले इभर्टन विजयी

खरीबोट

काठमाडौँ । शनिबार इङलिश प्रिमियर लिगका पहिलो खेल भएका छन् । शनिबार भएको खेलमा गत सिजनको लिग विजेता चेल्सले खराब सुरुवात गरेको छ । चेल्सी बर्नलीसँग ३-२ गोल अन्तरले पराजित भएको छ ।

चेल्सी खेलमा पराजित मात्र भएन खेलमा दुई रातो कार्ड पाउदै दुई खेलाडीलाई पनि गुमायो । चेल्सीले डिफेन्डर गरी कहिल र मिडफिल्डर फार्बिगासलाई रातो कार्ड पाएर गुमाउदा ९ खेलाडीमा सिमित भएको थियो । बर्नलीका लागि साम भोक्सले दुई गोल गरेका थिए भने स्टेफेन वार्डले एक गोल गरेका थिए । त्यस्तै चेल्सीका लागि हालै चेल्सी आएका अल्भारो मोरटाले एक र डेभिड लुइजले एक गोल गरेका थिए ।

त्यस्तै म्यान्चेस्टर युनाइटेडबाट आफ्नो पुरानो क्लब इभर्टन गएका वाइन रोनीले गोल गर्दै इभर्टनलाई स्टोक सिटीको विरुद्ध जिताएका छन् । रोनीले पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै इभर्टनलाई नयाँ सिजनमा विजयी सुरुवात गराएका छन् ।

त्यस्तै लिगमा यसै सिजन प्रोमोट भएको हडर्सफिल्डले क्रिस्टल प्यालेसलाई ३-० ले पराजित गरेको छ भने साउथहम्पटन र स्वान्सी सिटीबीचको खेल बराबरीमा सकिएको छ । त्यस्तै बोर्नमाउथलाई वेस्ट ब्रोमविचले १-० लेप अरजित गरेको छ ।

सम्बन्धित समाचार

च्याम्पियन्स लिगमा चेल्सी समुहमा दोस्रो, एथलेटिको बाहिरियो 

काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत चेल्सी एथलेटिकोसँग बराबरीमा रोकिएपछि समुहमा दोस्रो हुदै अन्तिम १६ मा प्रवेश गरेको छ ।  गएराती भएको खेलमा चेल्सीले एथलेटिको म्याड्रिडसँग १-१ गोलको बराबरी खेलेको छ ।

न्युक्यासलमाथि चेल्सीको शानदार जित, हजार्डले गरे दुई गोल 

काठमाडौँ । इङलिश प्रिमियर लिगअन्तर्गत चेल्सीले न्युक्यासल युनाइटेडलाई ३-१ ले पराजित गरेको छ ।  शनिबार भएको खेलमा चेल्सीले इडेन हजार्डको दुई गोल र अल्भारो मोराटाको एक गोलको मद्धतले न्युक्यासललाई पराजित गरेको

विलियनको गोलमा चेल्सी हारबाट जोगियो 

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सी र  लिभरपुलबीचको खेल बराबरीमा सकिएको छ ।  चेल्सीका लागि ब्राजिलियन प्लेमेकर विलियनले खेलको ८५औ मिनेटमा गोल गर्दै चेल्सीलाई हारबाट बचाएका छन् । पहिलो हाफ बिना

युरोपा लिगमा इभर्टनको लज्जास्पद हार

काठमाडौँ । युरोपा लिग अन्तर्गत इङलिश क्लब इभर्टन लज्जास्पद रुपमा पराजित भएको छ । गए राति भएको खेलमा इटालियन क्लब अटलान्टाले इंग्लिस क्लब इभर्टनलाई ५-१ ले हराएको हो । पहिलो हाफ