आइतबार पनि भारी वर्षा हुने, सोमबारबाट मौसम सुधार आउने

खरीबोट

लगातार तीन दिन देखी परेको वर्षाको पानीले वीरगन्ज महानगरपालिको २० भन्दा बढी वडा डुवानमा परेका छन् । तस्बिर : विजय कुमार महतो, पर्सा, रासस

 काठमाडौँ । मनसुन बढी सक्रिय भएसँगै अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले नेपालमा बदली र वर्षात् भएको छ । 

बिहीबारदेखि सक्रिय यो प्रणालीले देशभर बदली र वर्षात् भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

उक्त वायुको प्रभावले आज पनि देशभर वर्षात् भएको र यो क्रम भोलि पनि जारी रहने मौसमविद् सुजन सुवेदीले जानकारी दिए । उनका अनुसार अहिले पश्चिमका केही स्थानबाहेक देशभर बदली छ भने अधिकांश स्थानमा वर्षात् भइरहेको छ । 

आइतबार देशैभर वर्षात् हुने तथा विशेषगरी मध्य र मध्यपश्चिम नेपालका तराई क्षेत्रमा भारी वर्षात् हुने मौसमविद् सुवेदीको भनाइ छ । तुलनात्मकरुपमा पूर्वी क्षेत्रमा कम वर्षात् हुनेछ । सोमबारदेखि मौसममा क्रमिक सुधार आउने जनाइएको छ । 

आज पनि काठमाडौँ उपत्यकासहित देशभर वर्षात् भएको छ । धेरै स्थानमा भारी वर्षा भएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार सबैभन्दा बढी सिमरामा २१७ र सबैभन्दा कम दीपायलमा पाँच मिलिमिटर वर्षात् भएको छ । नेपालगञ्जमा १६९, दाङमा १६७ र जनकपुरमा १३७ मिलिमिटर वर्षात् भएको छ । काठमाडौँमा ३० मिलिमिटर वर्षात् भएको छ । 

आज काठमाडौँ उपत्यकाको अधिकतम २६ र न्यूनतम तापक्रम २१ डिग्री सेल्सियस रहेको छ । दुई दिनदेखि लगातार परेको वर्षा खासगरी पूर्वी, पश्चिम र मध्यपश्चिमका तराई भेगमा बाढीको डुबान छ भने पहाडी भेगमा पहिरोले धनजनको क्षति गरेको छ । 

गृह मन्त्रालयका अनुसार घटनामा परी हालसम्म ३० जनाभन्दा बढीको मृत्यु र दसभन्दा बढी मानिस बेपत्ता भएका छन् । 

सम्बन्धित समाचार

नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द, नेपाल 'डिभिजन टु' मा घटुवा

काठमाडौँ ।  विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तर्गत नेपाल र हङकङबिचको दोस्रो खेल बर्षका कारण रद्ध भएको छ ।  नेपाल र हङकङ्गको दोश्रो खेल रद्द भएपछि नेपाल एक तह घटुवामा परेको छ ।

नेपाल र हङकङबीचको खेल वर्षाका करण समयमा सुरु नहुने  

काठमाडौँ ।  विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तर्गत नेपाल र हङकङबिचको दोस्रो खेल समयमा सुरु नहुने भएको छ ।  हङकङ क्रिकेट एसोसिएशनले आइतबार आएको समुन्द्री आधीका कारण अहिले सम्म पनि वर्षा भैरहेकाले

म्यान्चेस्टर सिटीले गर्यो गोलको वर्षा, स्टोकलाई हान्यो ७ गोल 

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा म्यान्चेस्टर सिटीले स्टोक सिटीविरुद्ध गोलको वर्षा गरेको छ ।  म्यान्चेस्टर सिटीको घरेलु मैदानमा भएको खेलमा सिटीले ७ गोल गरेको थियो । स्टोक

विश्वकै खतरनाक विमानस्थलमा छैन मौसम पूर्वानुमान यन्त्र

सोलुखुम्बु। विभिन्न प्रतिवेदनहरुले सोलुखुम्बुको लुक्लास्थित तेञ्जिङ हिलारी विमानस्थललाई विश्वकै खतरनाक विमानस्थलको सूचीमा राखेका छन् ।  विमानस्थलको छोटो रनवे, अवतरण गर्ने बेलाको भौगोलिक विकटता, केही समयमै परिवर्तन हुने मौसम आदिलाई उल्लेख गर्दै