• २०८१ बैशाख १७ सोमबार

टेलिकमको ‘विन्टर अफर’ : यस्ता छन्, थरीथरीका डाडा प्याक

kharibot

काठमाडौँ । नेपाल टेलिकमले जाडो मौसमका लागि विभिन्न प्रकारको ‘विन्टर अफर’ ल्याएको छ । 

कम्पनीले भोलि शुक्रबारदेखि लागू हुनेगरी विभिन्न प्रकारका डाटा प्याक र बोनसकारुपमा डाटा स्ट्रिमिङ प्याकसमेत उपलब्ध गराइएको टेलिकमले जनाएको छ । डाटा स्ट्रिमिङ प्याक युट्युब र वाउटाइम एप्समार्फत टिभी हेर्नका लागि प्रयोग गर्न सकिनेछ । 

जिएसएम प्रिपेड÷पोष्टपेड तथा सिडिएमए प्रिपेड÷पोष्टपेड मोबाइलमा विन्टर अल टाइम डाटा प्याक प्रयोग गर्न सकिन्छ । जसअन्तर्गत रु १२ मा तीन दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी २५ एमबी डाटा र एक दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी २५ एमबी डाटा स्ट्रिमिङ प्याक बोनसका रुपमा उपलब्ध हुनेछ । 

त्यसैगरी रु ६० मा १४ दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी १५० एमबी डाटा र तीन दिनसम्म उपभोग गर्न पाउनेगरी १५० एमबी डाटा स्ट्रिमिङ प्याक बोनसका रुपमा उपलब्ध गराइएको टेलिकमका सहप्रवक्ता शोभन अधिकारीले जानकारी दिए । 

रु एक सय २० मा २८ दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ५०० एमबी डाटा र पाँच दिनसम्म उपभोग गर्न पाउने गरी ५०० एमबी स्ट्रिमिङ प्याक बोनसका रुपमा उपलब्ध गराइएको छ । 

यस्तै जिएसएम प्रिपेड÷पोष्टपेड तथा सिडिएमए प्रिपेड÷पोष्टपेड मोबाइलमा नाइट डाटा प्याक प्रयोग गर्न सकिन्छ । यो प्याक बेलुकी १० बजेदेखि बिहान ६ बजेसम्म मात्र प्रयोग गर्न सकिनेछ । बोनसका रुपमा उपलब्ध गराइएको डाटा स्ट्रिमिङ प्याक पनि यही समयमै प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ । 

विन्टर नाइट डाटा प्याकअन्तर्गत रु १२ मा तीन दिनसम्म उपभोग गर्न पाउने गरी १२० एमबी डाटा र एक दिनसम्म उपभोग गर्न पाउने गरी १२० एमबी डाटा स्ट्रिमिङ प्याक बोनसका रुपमा उपलब्ध गराइएको छ । 

त्यसैगरी रु ६० मा सात दिनसम्म उपभोग गर्न पाउने गरी ७०० एमबी डाटा र तीन दिनसम्म उपभोग गर्न पाउने गरी ७०० एमबी डाटा स्ट्रिमिङ प्याक बोनसका रुपमा उपलब्ध गराइएको छ ।

रु १२० मा २८ दिनसम्म उपभोग गर्न पाउने गरी १६०० एमबी डाटा र सात दिनसम्म उपभोग गर्न पाउने गरी १६०० एमबी डाटा स्ट्रिमिङ प्याक बोनसका रुपमा उपलब्ध गराइएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै