• २०८१ बैशाख १४ शुक्रबार

फेसबुकमा अनावश्यक फ्रेण्ड रिक्वेष्ट र म्यासेज आउँछ ? यसरी रोक्नुहोस् 

kharibot

प्रविधि । सामाजिक सञ्जाल फेसबुकले झूटो एकाउन्ट र अनावश्यक म्यासेज रोक्न नयाँ टुल ल्याएको छ ।

यो नयाँ फिचर झूटो एकाउन्टबाट आउने फ्रेण्ड रिक्वेष्ट रोक्नका लागि ल्याएको फेसबुकले जनाएको छ । फेसबकुको ग्लोबल हेड अफ सेफ्टी एन्टिगन डेविसले यदि कसैले कसैलाई एकपटक ब्लक गरिसकेपछि दोस्रो एकाउण्ट खोलेर पुनः म्यासेज गर्ने कोसिस गर्छ भने त्यसले यो फिचरले पहिचान गर्नेछ । 

साथै नयाँ टुलले प्रयोगकर्तालाई मेसेन्जर कन्भर्सेसन बेवास्ता गरेर म्यासेज पठाउनेलाई ब्लक नगरीकनै उसको म्यासेज इन्बक्सबाट बाहिर गर्ने अप्सन दिनेछ । डेविसका अनुसार तपाईंले म्यासेजमा ट्याप गरेर उक्त सन्देशलाई बेवास्ता गर्न सकिन्छ । यसबाट नोटिफिकेसन समेत आउँदैन भने उसको च्याट आफैँ फिल्टर्ड म्यासेज फोल्डरमा जान्छ ।

यो नयाँ फिचरबाट म्यासेज पठाउनेले थाहै नपाई उसले पठाएको म्यासेजसमेत पढ्न सकिन्छ । यो फिचर केवल वान अन वान कन्भर्सेसनको लागि मात्रै भए पनि पछि यो ग्रुप म्यासेजमा समेत उपलब्ध हुने फेसबुकले जनाएको छ । 

फेसबुकले नयाँ टुलले महिला र पत्रकारको लागि समेत विशेष मद्दत गर्ने विश्वास गरेको छ । अनलाइनबाट उत्पीडन र ब्ल्याकमेल हुने घटनाहरु बढेपछि फेसबुकले त्यसको रोकथामका लागि यस्तो फिचर ल्याएको हो । झूटो एकाउन्ट खोलेर यस्ता घटना हुने गरेको थियो । 

  • नवभारतटाइम्सबाट

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै