गत आर्थिक बर्षमा काठमाडौँ महानगरपालिकाको मनोरञ्जन कर शुन्य

खरीबोट

फाइल तस्विर

 काठमाडौँ  । काठमाडौँ महानगरपालिकाले गत आव २०७३-७४ मा मनोरञ्जन करको शीर्षकमा एक रुपैयाँ पनि असुल गर्न सकेन । 

गत आवमा रु आठ हजार असुल गर्न सके पनि गत आवमा भने रु एक पनि असुल गर्न नसकिएको हो । मनोरञ्जन व्यवसायीलाई कर तिर्नका लागि पटक पटक ताकेता गर्दा पनि कर तिर्न नआएको र सोहीअनुरुप कामपाले कारबाही गर्न नसकेकाले सो शीर्षकमा कर संकलन हुन नसकेको कामपा, राजस्व महाशाखा प्रमुख ध्रुव काफ्लेले बताए । 

कामपाले गत आवमा मनोरञ्जन क्षेत्रको कर असूली रु १७ लाख तथा सोभन्दा अघिल्लो आवमा रु २५ लाख लक्ष्य लिएको थियो । यस क्षेत्रमा नियमित रुपमा कर असुल हुने हो भने वार्षिक रु २५ लाख आम्दानी हुन सक्छ । मनोरञ्जनमा मात्र वार्षिक रु २५ लाख बक्यौता हुने गरेको छ । 

चालु आवदेखि कामपाले यस क्षेत्रको बक्यौता पनि असुल गर्ने लक्ष्यसहित कडाइका साथ काम गर्ने जनाएको छ । गत आवमा विज्ञापन करमा भने रु ७२ लाख ७३ हजार लक्ष्य लिएको कामपाले लक्ष्यभन्दा निकै बढी रु सात करोड आम्दानी गरेको थियो । 

सम्बन्धित समाचार

काठमाडौँ महानगरपालिकामा ८० प्रतिशत घर नक्सा विपरीत

काठमाडौँ, नक्सा विपरीत हुने निर्माण न्यूनीकणका लागि काठमाडौँ महानगरपालिकाले २८ इन्जिनीयरलाई स्थलगत निरीक्षणका लागि खटाएको छ । धेरैमा पारित नक्साअनुसार भवन निर्माण नभएकाले नयाँ बन्न सुरु गरेका सबै घरमा नियमित निगरानी

शंखपार्कमा शारिरीक सुगठन केन्द्र  खोलिने 

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरको ४ नं  वडाको रहेको शंखपार्कमा आधुनिक सम्पन्न वालक ताथा जेष्ठ नागरिक लगायत सबै उमेर समुहका लागि  सुविधा सम्पन्न शारिरीक सुगठन केन्द्र खोल्ने महानगरपािलकाका प्रमुख विद्या सुन्दर

काठमाडौंमा पशुवधशालाको विकल्पको वैज्ञानिक विश्लेषण जरुरी - मेयर शाक्य 

काठमाडौं  । काठमाडौंबासीलाई स्वच्छ एवं गुणस्तरीय मासुजन्य खाद्यवस्तु उपलब्ध गराउन क्षेत्राधिकारको एकिन र सम्पनन कामको उपलब्धी नतिजा विश्लेषण गर्न जरुरी रहेको महानगरका प्रमुख विद्यासुन्दर शाक्यको भनाइ छ । आइतबार पशुपक्षी विकास मन्त्रालयका सचिव

आफ्नै कार्यकालमा रेल चढेर बिदाई हुने लक्ष्य छ : मेयर शाक्य

काठमाडौँ । काठमाण्डौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफ्नै कार्यकालमा रेल चढेर विदाई हुने आफ्नो लक्ष्य रहेको बताएका छन् । मोनो रेलका लागि ललितपुर महानगरपालिकासँग कुराकानी भैसकेकोले छिट्टै रेल चलाउने जानकारी