• २०८१ बैशाख १५ शनिबार

समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा : पाँच दलले मात्र कटाए थ्रेस होल्डको सिमा 

kharibot

काठमाडौं । प्रत्यक्ष तर्फको निर्वाचन सकिएका निर्वाचन क्षेत्रहरुमा समानुपातिकतर्फको मतगणना भइरहेको छ । 

हाल भइरहेको मतणनाको प्रारम्भिक नतिजा अनुसार एमाले र काँग्रेसबीच प्रतिष्पर्धा देखिएको छ भने माओवादी तेस्रो स्थानमा रहेको छ । पछिल्लो मत परिणाम अनुसार एमाले अगाडी रहेको छ । एमाले ३१ र काँग्रेसले -३० लाख मत कटाएका छन् । त्यस्तै राजप ले ४ लाख मत र विवेकशीलले २ लाख मत कटाएका छन् ।

त्यस्तै फोरम र राजपाले थ्रेस होल्डको सिमा कटाउदै राष्ट्रिय दल बनेका छन् राप्रपा र विवेकशील थ्रेस होल्ड कटाउन नसक्ने देखिएका छन् ।

पछिल्लो मत परिणाम अनुसार माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ । माओवादी केन्द्रले पनि १० लाख मत कटाएको छ ।  त्यस्तै फोरम चौथो स्थानमा रहेको छ भने राजापा पाचौ, राप्रपा छैठौ स्थानमा रहेको छ । त्यस्तै विवेकशील सातौ र नयाँ शक्ति आठौ स्थानमा रहेको छ ।  त्यस्तै राप्रपा-प्रजातान्त्रिक नवौ र मजदुर किसान पार्टी दशौ स्थानमा रहेका छन् ।

शुक्रबार साँझ ८ बजेसम्मको समानुपातिकतर्फ खसेको मत यस्तो छ-

१. नेकपा एमाले-  ३११९३७८              
२. नेपाली कांग्रेस- ३०५३३१९                     
३. माओवादी केन्द्र – १२७२३४८                       
४. फोरम – ४५६४३४                
५. राजपा – ४४५४८७    
६. विवेकशील -२११२९१              
७. राप्रपा – १९३८१४ 
८ राप्रपा प्रजातान्त्रिक – ८७३९३                                 
९. नयाँ शक्ति – ८०८६५                  
१०. मजदुर किसान – ६२०४०          
          
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै