• २०८१ बैशाख १५ शनिबार

राष्ट्रपतिलाई फेसबुकमा गाली गर्ने युवा पक्राउ

kharibot

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई अश्लील गाली गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । अमर्यादित शब्द प्रयोग गरी राष्ट्रपति भण्डारीविरुद्ध स्टाटस लेखेका तनहुँ बन्दीपुर २ का विवेक बानियाँलाई प्रहरीले पक्राउ गरेको हो । 

प्रहरीका अनुसार उनले बानियाँले अशोभनीय र अश्लील गाली गर्दै राष्ट्रप्रमुखको मानमर्दन गरेका थिए । उनीविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ अनुसार मुद्दा चलाएको प्रहरीले जनाएको छ ।

उक्त ऐनअनुसार अभियोग प्रमाणित भए पाँच वर्ष कैद वा एक लाख जरिवाना वा दुवै सजायसमेत हुनसक्ने कानुनी व्यवस्था छ । उनी हाल कालीमाटी बस्दै आएका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय