• २०८१ बैशाख २३ आइतबार

गुठी संस्थानका अधिकृत घुस लिदा लिदै पक्राउ 

kharibot

फाइल तस्विर

काठमाडौँ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुठी संस्थानको शाखा कार्यालय, थापाथलीमा कार्यरत शाखा अधिकृत लेखनाथ सापकोटालाई घुस लिदा लिदै पक्राउ गरेको छ ।

अख्तियारका अनुसार सामुदायिक सत्तल भवन, काष्ठमण्डप बसन्तपुरको रनिङ्ग बिल भुक्तानी गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग विभिन्न बहानामा घुस माग गरिरहेको भन्ने उजुरीका आधारमा सापकोटालाई बसन्तपुरबाट २ लाख लाख २० हजार  घुस रकम लिंदै गर्दाको अवस्थामा घुस रकम सहित नियन्त्रणमा लिएको जनाएको छ ।

अहिले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै