• २०८१ बैशाख १७ सोमबार

फेसबुकमा युवती फकाएर लाखौँ ठग्ने तामाङ पक्राउ 

kharibot

काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाले भक्तपुर बस्ने सिन्धुपाल्चोक मांखा ७ का तुल बहादुर तामाङलाई पक्राउ गरेको छ । प्रहरीले फेसबुकबाट सम्बन्ध बढाई विभिन्न व्यक्तिहरुको लाखाँै रुपैयाँ ठगी गरेको भन्दै तामांगलाई पक्राउ गरेको हो । 

प्रहरीका अनुसार तामांगले ठगी गर्न संखुवासभा माकल ५ की मनकला गुरुंगलाई फेसबुकमार्फत फकाएर विवाह गरी उनका आफन्तहरुलाई ठगी गरेका थिए । उनले श्रीमतीका नातेदार राजेश गुरुंग र कैलाश गुरुंगलाई अमेरिकी आर्मीमा जागिर लगाइदिने भनी २१ लाख रुपैयाँ आईएमईमार्फत लिएर प्रोसेसका लागि काठमाडौं बोलाई आफूचाहिँ पैसा लिएर फरार भएका थिए । प्रहरीले घरमा लुक्दै आएका उनलाई गत आइतबार पक्राउ गरेको जनाएको छ । 

तामांगले फेसबुकबाटै अन्य युवतीहरुलाई समेत ठगेको पाइएको छ । प्रहरीका अनुसार उनले लेबनानमा रोजगारी गरिरहेकी सिन्धुपाल्चोककी सृजना दोङलाई समेत फेसबुकबाट फकाएर नेपाल आएको समयमा डिपेन्डेन्टमा अमेरिका लैजाने भनी नौ लाख ठगेको तथा दोंगसँग राम्रो सम्बन्ध बनाएर उनका भाइ सञ्जय दोंग र मिम लामालाई क्यानडा पठाइदिन १३ लाख ठगी गरेको खुलेको छ ।

त्यस्तै साइप्रसमा रोजगारीकै क्रममा रहेकी कुसुम लामालाई फेसबुकमा साथी बनेर क्यानडा लैजान भनी नौ लाख लिएको खुलेको छ । सोही मुद्दामा पक्राउ परी धरौटीमा छुटेका तामांगले पेसेवर रुपमै युवतीहरुलाई ठगी गर्दै आएकामा पुनः पक्राउ परेका हुन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै