• २०८१ बैशाख १४ शुक्रबार

गोरखापत्र संस्थान र चलचित्र विकास बोर्डमा नियुक्ति

kharibot

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गोरखापत्र संस्थानमा रिक्त महाप्रबन्धक पदमा नियुक्ति गरेको छ ।

मन्त्रिपरिषद् बैठकले गोरखापत्र संस्थानका महाप्रबन्धकमा वसन्तप्रकाश उपाध्यायलाई नियुक्ति गरेको हो ।

यस्तै बैठकले चलचित्र विकास बोर्डको अध्यक्षमा निकिता पौडेललाई नियुक्त गरेको छ ।

सञ्चारमन्त्री मोहन बस्नेतको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले दुवै जनालाई नियुक्त गरेको हो ।

आजको बैठकले प्रदेश राजधानी र प्रदेश प्रमुख नियुक्त गर्ने अपेक्षा गरिए पनि त्यो भने गरेन । त्यस्तै, बैठकले दुईजना सहायक रथी दामोदर थापा र नवजितशम्शेर जबराको पदावधि थप गर्ने निर्णय गरेको छ । 

बैठकले प्राविधिक उपरथी योगेन्द्रबहादुर खाँडको पनि पदावधि थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सञ्चारकर्मीलाई जानकारी दिए ।

उनले बैठकले केही विदेश भ्रमणहरुलाई अनुमोदनसमेत गरेको जानकारी दिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै