• २०८१ बैशाख १४ शुक्रबार

जीरउडले आर्सनललाई हार बाट बचाए, साउथहम्पटनसँग बराबरीमा रोकियो 

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनल साउथहम्पटनसँग बराबरीमा रोकिएको छ । 

आइतबार भएको खेलमा आर्सनललाई सब्स्टिच्युटको रुपमा ७२औ मिनेटमा मैदानमा आएका ओलिभियर जीरउडले खेलको ८८औ मिनेटमा गोल गर्दै हारबाट बचाएका छन् । 

खेलको तेस्रो मिनेटमा नै चार्ली अस्टिनले गोल गर्दै सुरुवाती अग्रता लिएको साउथहम्पटन सम्हालिएर खेलेको थियो । अन्तिमका केहि मिनेट सम्हालिन नसक्दा अंक बाड्न बाध्य भएको छ ।

बराबरीपछि आर्सनल १६ खेलमा २९ अंक सहित लिगको पाचौ स्थानमा रहेको छ । त्यस्तै साउथहम्पटन १६ खेलमा १८ अंक सहित लिगको १०औ स्थानमा रहेको छ ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै