• २०८१ बैशाख १६ आइतबार

चुनावपछिको पहिलो दिन कारोबार रकम बढ्यो, नेप्से घट्यो

kharibot

काठमाडौं । दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन पश्चात आज पहिलो दिन आईतबार खुुलेको नेप्से सुुरुको केही समय बढेपनि अन्तमा घटेको छ । आज नेप्से सूचक घटे पनि कारोबार रकम भने बढेको छ ।

नेप्से छ दशमलव पाँच अंकले घटेर १५ सय ३० दशमलव ४९ विन्दुमा झरेको छ भने सेन्सिटिभ एक दशमलव पाँच अंकले घटेर तीन सय २२ दशमलव ६२ विन्दुमा झरेको छ । आज कुुल एक सय ५८ कम्पनीहरुको छ हजार पाँच सय ७१ वटा कारोबारमा १२ लाख १२ हजार सात सय ८० कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोबार रकम ८४ करोड ७० लाख ७० हजार ८० रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज सबैगरी कुुल १० वटा समूहको कारोबार भएकोमा सात वटा समूहको कारोबार घटेर दुुई वटा समूहको कारोबार सूचक बढेको छ भने टे«ेडिङ समूहको सूचक स्थिर रहेको छ । उच्च अंकले घटेको बीमा समूहको सूचक ७२ दशमलव ८२ अंकले घटेर आठ हजार ५५ दशमलव ८३ विन्दुमा झरेकोमा ११ करोड १८ लाख ९५ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

वाणिज्य बैक समुुहको सूचक पनि तीन दशमलव ७९ अंकले घटेर १३ सय पाँच दशमलव २१ विन्दुमा  झरेकोमा ४४ करोड ७४ लाख १९ हजार रुपैयाँको सेयर सेयर खरिद बिक्री भएको छ । यसैगरी विकास बैक समूहको सूचक पाँच दसहलव ४७ अंकले घटेर १५ सय ७५ दशमलव ९९ विन्दुमा झरेकोमा दुुई करोड १८ लाख १७ हजार आठ सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

यसबाहेक होटल, जलबिद्युत, फाइनान्स र लघुवित्त समूहको सूचक पनि घटेको छ । उत्पादनमूलक र अन्य समूहको सूचक भने आज क्रमश ४० दशमलव २४ र दुुई दशमलव तीन अंकले बढेको छ ।

स्ट्यान्डर्ड चार्टर्डको मात्र २६ करोड ९७ लाखको सेयर किनबेच
आज बढी कमाउने कम्पनीको सुचीमा परेको बोर्टलस नेपाल तराई लिमिटेडको प्रतिकित्ता सेयर मूल्य १० रुपैयाँले बढेर छ हजार चार सय ९० रुपैयाँमा प्रतिकित्ता सेयर किनबेच भएको छ । बढी गुुमाउने कम्पनीको सुचीमा परेको सेन्ट्रल फाइनान्सको भने प्रतिकित्ता सेयर मूल्य चार रुपैयाँ ७१ पैसाले घटेर एक सय ८२ रुपैयाँमा सेयर कारोबार भएको छ ।

रकम कारोबारका आधारमा अग्रस्थानमा परेको  स्टान्र्डड चार्टड बैंकको २१ सय ९७ रुपैयाँ अन्तिम मूल्यमा २६ करोड ९७ लाख २४ हजार पाँच सय २३ रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

यसैगरी बुुटवल पावर कम्पनीको पनि सात सय ४६ रुपैयाँ अन्तिम मूल्यमा पाँच करोड ३६ लाख ५० हजार सात सय २५ रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै