मलेसियामा नेपाली सहित करिब तीनसय प्रवासी प्रहरी नियन्त्रणमा

खरीबोट

फाइल तस्विर

 क्वालालमपुर (मलेसिया) । मलेसियाको प्रहरीले आतङ्काबादी विरुद्धको पछिल्लो सुरक्षा कारबाहीका क्रममा २९० जना भन्दा बढी प्रवासीलाई नियन्त्रणमा लिएको छ । 

नियन्त्रणमा लिएका मध्ये कोही पनि आतङ्कवादीहरूको सम्पर्क व्यक्तिहरू नभएको स्थानीय सञ्चार माध्यमले बिहीबार जनाएका छन् । पक्राउ पर्नेमा विषेश गरेर नेपाल, यमन, पाकिस्तान, सिरिया, बङ्लादेश, भारत, प्यालेस्टाईन र सुडानका रहेका अधिकारीहरूले बताएका छन् । 

प्रहरीले ‘डिजिटल हव’को रुपमा चिनिने साईबरजयामा बुधबार रातीदेखि बिहीबार अबेरसम्म सुरक्षा कारबाही चलाएको मलेसियाको सरकारी समाचार संस्था बेर्नामाले जनाएको छ । 

एक जना उच्च प्रहरी अधिकारीले उनीहरूलाई प्रहरी मुख्यालयमा लगेर अनुसन्धान गरिएको र कसैको पनि कुनै आतङ्कबादी समूहसँग सम्पर्क भएको नदेखिएको जानकारी दिएका छन् । उनीहरू मध्ये ५७ जनासँग मलेसिया बस्ने बैध अनुमतिपत्र नभएको पाइएको छ । 

यसै महिनाको अन्त्यतिर मलेसियामा २९औं दक्षिण एसियाली खेलकुँद प्रतियोगिता हुन लागेकाले सुरक्षा व्यवस्था कडा बनाइएको सुरक्षा अधिकारीहरूको भनाई छ । 

आतङ्बादी विरुद्धको सुरक्षा सतर्कता अप्नाउने क्रममा पछिल्ला केही दिनमा मात्रै झण्डै ४०० जना शंकास्पद व्यक्तिहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार

नवराज सिलवाल मलेसियामा

काठमाडौँ । नेकपा (एमाले) को तर्फबाट ललितपुर क्षेत्र नं १ का नवनिर्वाचित सांसद नवराज सिलवाल एशियन इन्ष्टिच्युट अफ टेक्नोलोजीद्वारा आयोजित ‘इष्ट एशियन इनिसियटिभ्स इन द कम्युनिटी डेभलपमेण्ट विथ स्पेशियल फोकस टु वुमन’

मलेसियामा लागूऔषध मुद्दामा फसेका नेपाली दूतावासको पहलमा स्वदेश फिर्ता 

काठमाडौं । मलेसियास्थित नेपाली राजदूतावासले लागूऔषध मुद्दामा फसेका एक नेपाली र अर्का एक अलपत्र नेपालीलाई नेपाल फिर्ता पठाएको छ । क्लालालम्पुरमा रहेको नेपाली राजदूतावासको पहलमा सेक्युरिटी गार्डका रुपमा मलेसिया गएका

नेपाली युवा टिम मलेसियालाई पराजित गर्दै फाइनलमा, उपाधिका लागि सिंगापुरसँग खेल्ने 

काठमाडौँ । नेपाल थाइल्याण्डको बैककमा जारी एसिसि यु१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।  शनिबार भएको खेलमा नेपालले मलेसियालाई ७२ रनले पराजित गर्दै उपाधिका लागि सिंगापुरसँग खेल्ने भएको

महिला टी–२० विश्वकप छनोट : नेपालको पहिलो जित, मलेसियामाथि ३३ रनले विजयी 

काठमाडौँ ।  आइसीसी टी–२० विश्वकपको एशियाली छनोटमा नेपालले पहिलो जित हात पारेको छ । आज सम्पन्न खेलमा नेपालले मलेसियालाई ३३ रनले पराजित गर्दै पहिलो जित हात पारेको हो । नेपालले दिएको