हेटौंडा । मकवानपुर क्षेत्र नम्बर १ मा राप्रपा अध्यक्ष कमल थापा पाँच हजार भन्दा बढी मतअन्तरले पछि परेका छन् । अध्यक्ष थापा एमालेका उम्मेदवार कृष्णप्रसाद दाहालसँग ५०८९ मतले पछाडी परेका छन् ।
वाम गठबन्धनका साझा उम्मेदवार एमालेका दाहालले २६ ८४२ मत ल्याएका छन् भने थापाले २१७५३ मत ल्याएका छन् ।
अध्यक्ष थापा र दाहाल तेस्रो पटक सँगै निर्वाचन लडिरहेका छन् । यसअघिका दुई निर्वाचनमा दाहालले थापालाई पराजित गरेका थिए ।