• २०८१ बैशाख १४ शुक्रबार

रिलायन्स फाइनान्सको २३ करोड रुपैयाँको हकप्रद सेयरको बिक्री खुल्ला

kharibot

काठमाडौं । रिलायन्स फाइनान्सले हकप्रद सेयरको बिक्री खुल्ला गरेको छ । फाइनान्सले आज शुुक्रबारबाट २३ करोड छ लाख ५७ हजार एक सय ६० रुपैयाँबराबरको हकप्रद सेयरको बिक्री खुल्ला गरेको हो ।

फाइनान्सका अनुसार चुक्ता पुंजी ५१ करोड २५ लाख ७१ हजार चार सय ५८ रुपैयाँबाट १० बराबर चार दशमलव पाँचको अनुुपातमा एक सय रुपैयाँ अंकित मूल्य कायम रहनेगरी २३ लाख छ हजार पाँच सय ७१ दसमलव ६० कित्ता हकप्रद सेयरको बिक्री खुल्ला गरिएको हो ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको फाइनान्सको पुस २७ गतेसम्म हकप्रद सेयरको बिक्री कार्य खुल्ला रहने छ । अधिकृत पुंजी एक अर्ब तथा जारी पुंजी ७४ करोड ३२ लाख २८ हजार छ सय २८ रुपैयाँ ६० पैसा रहेको फाइनान्सको हकप्रद सेयरको बिक्री पश्चात भने चुक्ता पुँजी ७४ करोड ३२ लाख रुपैयाँ नै पुुग्नेछ ।

 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै