• २०८१ बैशाख ७ शुक्रबार

रिलायन्स फाइनान्स र एफवान सफ्टबीच मोबाईल बैंकिङका लागि सम्झौता

kharibot

काठमाडौँ । रिलायन्स फाइनान्सले  मोबाईल बैंकिङ सेवाका लागि एफवान सफ्ट इन्टरनेशनलसँग सम्झौता गरेको छ । 
सम्झौतामा रिलायन्स फाइनान्सका  प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठ र एफवान सफ्ट इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले हस्ताक्षर गरेका  थिए ।

रिलायन्स् फाइनान्स संग सहकार्य गर्न पाउँदा अत्यन्त खुसी व्यक्त गर्दै एफवान सफ्ट इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले साझेदारहरूलाई उत्कृष्ट उत्पादन र सेवाहरू उपलब्ध गराउन प्रतिवद्धता दिएका छन् ।

विशेषगरी कोरोना भाइरस महामारीको समयमा मोबईल बैंकिङ डिजिटल कारोबारका लागि प्रभावकारी र लाभदायक हुनेछ। 

सन् २००४ देखि नै एफवान सफ्टको मूख्य ध्यान बैंकिङ कारोबारसँग सम्बन्धित (वित्तीय प्रविधि) उत्पादनहरूको विकास गर्नु रहेको छ । एफवान सफ्ट मोबाईल बैंकिङ र मोबाईल वित्तीय सेवामा नेपालमा पायोनियर कम्पनी हो । 

नेपालका ९५ प्रतिशत भन्दा धेरै बैंक तथा वित्तीय संस्थाका लागि सेवा दिने नेपालको अग्रणी कम्पनी हो । एफवान सफ्टले ५१ वटा सदस्य बैंक मार्फत एक करोड १० लाख ग्राहकलाई सेवा पुर्याउँदै आएको छ । 

मोबाईल बाट हुने ८५ प्रतिशत भुक्तानी कम्पनीको नेटवर्कबाट हुने गरेको छ ।  

रिलायन्स् फाइनान्स लिमिटेड नेपालमा वित्तीय सेवा दिनका लागि २०६६ सालमा स्थापित नेपाल राष्ट्रबैंकबाट अनु्मति प्राप्त ‘सी’ बर्गको बित्तीय संस्था हो । 

बैंक तथा वित्तीय संस्था (बाफिया) ऐन २०६३ अन्तरगत नेपालको ८४ औँ फाइनान्स् कम्पनीका रूपमा सुरू भएको थियो । 

 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै