बालकोटमा काँग्रेस, एमालेका कार्यकर्ता झडप, तीन घाइते

खरीबोट

भक्तपुर । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको क्रममा आज भक्तपुर क्षेत्र नं। २ को सूर्यविनायक नगरपालिका–३ बालकोटस्थित गणेश प्रावि केन्द्र आसपासको क्षेत्रमा झडप भएको छ । 

काँग्रेस र एमालेका कार्यकर्ताबीच भएको झडपमा तीनजना घाइते भएका छन् भने घाइतेको मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । 

मतदान भइरहेको स्थलमा एमालेका कार्यकर्ता आएर विवाद गरेको काँग्रेसका प्रतिनिधिले आरोप लगाएका छन् भने काँग्रेसले विवाद निकालेको एमालेले आरोप लगाएको छ । 

विवादबीच मतदान केन्द्र नजिकै झडप भएपछि विवाद गर्ने पक्षबीच भागदौड भएको र रोज भिलेज अगाडि दुबै पक्षबीच ढुङ्गा हानाहान भएको प्रतक्ष्यदर्शीले बताएका छन् । काँग्रेसका प्रतिनिधिले एमालेले काँग्रेसको क्षेत्रमा आएर ढुङ्गा हानेर घरको सिसा फुटाएको आरोप लगाएको छ भने एमालेले काँग्रेसका कार्यकर्ताले ढुङ्गा हानेको आरोप लगाएको छ । 

ढुङ्गा हानाहानबाट रोज भिलेज आसपासका क्षेत्रमा करिब १५ वटा घरको सिसा फुटेर क्षति पुगेको छ भने त्यहाँका वासिन्दा आतंकित बनेका छन् । 

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईले विवादित क्षेत्रमा मतदान स्थगित नभएको र मतदान जारी रहेको बताए । 

यता मध्यपुरथिमि नगरपालिका कौसलटार र सूर्यविनायक नगरपालिका बालकोट जोड्ने पुलमुनि बम भेटिएको छ । बम भेटिएको खबरपछि आएको नेपाली सेनाको टोलीले बमलाई निस्क्रिय पारेको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित समाचार

यस्तो छ राष्ट्रपति निर्वाचनको तालिका

काठमाडौँ ।  निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन यही फागुन २९ गते हुने तय भएसँगै निर्वाचनको तालिका सार्वजनिक गरेको छ ।  प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा आज आयोगमा बसेको बैठकले यही फागुन २९

राष्ट्रपतिको निर्वाचन फागुन २९ गते हुने 

काठमाडौं । निर्वाचन आयोगले यही फागुन २९ गते राष्ट्रपतिको निर्वाचन गर्ने मिती तय गरेको छ । आयोगले बिहीबार नयाँ राष्ट्रपति निर्वाचनको कार्यक्रम प्रकाशित गरेको हो । जसअनुसार फागुन २१ गते मतदाता नामावली

अमेरिकी निर्वाचनमा १३ रुसी नागरिकमाथि हस्तक्षेपको आरोप

वासिङ्टन ।  गतवर्ष भएको राष्ट्रपतीय निर्वाचनमा भएको भनिएको हस्तक्षेपमा रुसी नागरिकको हात रहेको आरोप अमेरिकाले लगाएको छ ।  संयुक्त राज्य अमेरिकामा यस विषयमा विशेष अनुसन्धान भइरहेको बताइएको थियो । अनुसन्धानकर्ताहरुले रुसी नागरिकको हस्तक्षेप

खर्चको विवरण बुझाउनुस् : निर्वाचन आयोग

काठमाडौँ /निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा भएको खर्चको विवरण यथाशक्य छिटो बुझाउन सम्पूर्ण उम्मेदवारलाई सूचित गरेको छ ।  राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेशअनुसार निर्वाचनमा उम्मेदवारले खर्च गर्न पाउने रकमको हद आयोगले तोक्ने