• २०८१ बैशाख १७ सोमबार

च्याम्पियन्स लिगमा बायर्नसँग हार्यो पिएसजी 

kharibot

काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत पिएसजीले यस सिजनमा पहिलो हार बेहोरेको छ । 

गएराती भएको लिग चरणको अन्तिम खेलमा बायर्न म्युनिखले पिएसजीलाई ३-१ गोल अन्तरले पराजित गरेको छ । 

बायर्नको जितमा कोरेन्टिन टोलिस्सोले दुई र रोबर्ट लेवानडोस्कीले एक गोल गरेका थिए भने पिएसजीका लागि एक मात्र गोल किलीयन एम्बाप्पेले गरेका थिए ।

फ्रेन्चलिगमा २५ खेलपछि यसै साता पराजित भएको पिएसजी च्याम्पियन्स लिगमा पनि यस सिजनमा पहिलो हार बेहोरेको छ । 

हारका बावजुद पनि पिएसजी समुहमा १५ अंक सहित शिर्ष स्थानमा रहदै अन्तिम १६ मा पुगेको छ भने बायर्न १५ अंक सहित गोल अन्तरका कारण दोस्रो स्थानमा रहदै अन्तिम १६ मा पुगेको छ ।    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै