अमेरिका र दक्षिण कोरियाको संयुक्त हवाई सैन्य अभ्यासको जवाफ दिने उत्तर कोरियाको चेतावनी

खरीबोट
ad

प्योङयाङ ।  दक्षिण कोरियाको राजधानी सोलमा सोमबारदेखि सुरु भएको अमेरिका र दक्षिण कोरियाको संयुक्त हवाई सैन्य अभ्यासको उत्तर कोरियाले कडा शब्दमा विरोध गरेको छ । 

यी दुई देशको अहिलेसम्मकै सबैभन्दा ठूलो हवाई सैन्य अभ्यास सोलमा सोमबारबाट सुरु भएको छ । यो अभ्यास पाँच दिनसम्म चल्ने पनि बताइएको छ । 

उत्तर कोरियाले सो सैन्य अभ्यासको कडा शब्दमा विरोधगर्दै आफ्ना विरुद्ध लक्षित रहेको उक्त सैन्य अभ्यासको आफूहरुले जवाफ दिने चेतावनी पनि दिएको उत्तर कोरियाको सरकारी समाचार समिति, केसिएनएबाट प्राप्त समाचारमा जनाइएको छ । 

समाचारमा जनाइएअनुसार सैन्य अभ्यास कोरियाली प्रायद्वीप क्षेत्रमा देखिएको अस्थिरताको नियन्त्रण गरी दक्षिण कोरिया र अमेरिकाको सम्बन्ध विस्तारका लागि गरिएको बताइएको भएपनि यसलाई यी दुई देशले उत्तरका विरुद्धमा उसको आणविक परीक्षणको जवाफ दिएको रुपमा धेरैले हेरेका छन् । 

यस हवाई सैन्य अभ्यासको कडा शब्दमा विरोध गर्दै उत्तर कोरियाले आफ्ना विरुद्धको उत्तेजना फैलाउने र उत्तर कोरियामाथि आक्रमणका लागि बल जाँच्ने भित्री ध्येयका साथ यो सैन्य अभ्यास गरेको बताएको छ । 

यस अभ्यासमा अमेरिका र दक्षिण कोरियाका गरी करिब २३० वटा युद्धक विमानहरुको प्रयोग गरिएको छ । यसलाई स्थलमार्गबाट पनि निगरानी गरिएको छ र जहाँ हजारौँ स्थल सेना पनि रहेका छन् । 

दशौँ हजारको संख्यामा दक्षिण कोरियाली सेना सहभागी भइरहेको सो सैन्य अभ्यासलाई आफ्ना बिरुद्धको शक्ति प्रदर्शनका रुपमा उत्तर कोरियाले लिएको बताइएको छ । 

उत्तर कोरियाले हालैका दिनमा जारी राखेको आणविक परीक्षणका कारण उत्तर कोरिया र दक्षिणबीच व्यापक मात्रामा विवाद जारी रहेको बेला सोमबारबाट सो सैनिक अभ्यास सुरु भएको हो । 

केही दिनमात्र अघि उत्तर कोरियाले अहिलेसम्मकै सबैभन्दा शक्तिशाली क्षेप्यास्त्र हानेको थियो । उक्त क्षेप्यास्त्रका विरुद्धमा दक्षिण कोरिया र अमेरिकाले यो अभ्यास सुुरु गरेका बताइएको छ । 

केही रक्षा अधिकारीहरुले दिएको अनौपचारिक जानकारीअनुसार यस हवाई सैन्य अभ्यासमा शक्तिशाली युद्धक विमानहरुको पनि प्रयोग भएको छ । ती विमानहरु दक्षिण कोरियाको आकासमा र उत्तर कोरियाको सीमा क्षेत्रमा पनि उडाइएको जनाइएको छ । 

उत्तर कोरियाले गतवर्षदेखि सुरु गरेको यो पछिल्लो आणविक परीक्षणको शृंखला अझै रोकिएको छैन । यस्तो शृंखलाका कारण पछिल्ला दिनहरुमा संयुक्त राष्ट्रसंघ, अमेरिका र दक्षिण कोरियालाई पनि झस्काएको बताइएको छ । 

तर उत्तरले भने यस संयुक्त सैन्य अभ्यासले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको भन्दै अभ्यास रोक्न भनेको छ । उत्तरले यसलाई सार्वभौमसत्तामाथिको हमलाको रुपमा लिएको जनाएको छ । 

सम्बन्धित समाचार

सैन्य अभ्यासको अन्त्य नभएसम्म कुनैपनि बैठकमा नबस्ने उत्तर कोरियाको अडान

सोल ।  उत्तर र दक्षिण कोरियाका उच्चस्तरीय अधिकारीको बैठक अझै बस्न सकेको छैन । गएको बुधबार बस्ने भनिएको सो बैठक हप्तादिनसम्म पनि बस्न नसकेको बताइएको छ ।  दक्षिण कोरियाको सोलमा जारी रहेको सैन्य

च्यातियो कोरिया पठाउने नक्कली जालो, दुई जना ठग पक्राउ 

काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले कोरियामा काम लगाइदिने भनी लाखाँै ठगी गर्न दुई जना ठगलाई पक्राउ गरेको छ । प्रहरीले झापाका एक पुरुष र ललितपुरकी एक महिला ठगलाई बिहीबार

उत्तर कोरियाले उच्चस्तरीय वार्ता रद्द गरेपछि दक्षिणका एक सैनिक 

एक दक्षिण कोरियाली सैनिक दूरबिनबाट दक्षिण कोरियातिरको सीमावर्ती पुनमुनजोमबाट उत्तर कोरियातर्फ हेर्दै । बुधबार उत्तर कोरियाले दक्षिणसँगको उच्चस्तरीय वार्ता एकाएक स्थगित गरेपछि पुनः शान्तिस्थापनाको प्रक्रिया अवरुद्ध हुनसक्ने आशंका बढेको छ । योसँगै

सैनिक अभ्यासको विरोध गर्दै उत्तर कोरियाले दियो चेतावनी, ट्रम्पसँगको भेटवार्ता रद्ध हुन सक्ने ! 

काठमाडौँ । उत्तर कोरियाले अमेरिकालाई चेतावनी दिदै दक्षिण कोरियासँगको उच्च स्तरीय वार्तालाई रद्ध गरेको छ । अमेरिका र दक्षिण कोरीयाले संयुक्त सेनाको अभ्या लाई निरन्तरता दिएपछि उत्तर कोरियाले आफ्नो असन्तुष्टि व्यक्त

Loading...
Loading...