• २०८१ बैशाख १४ शुक्रबार

बोर्डद्धारा श्री इन्भेष्टमेन्ट फाईनान्सको २८ करोड रुपैयाँ बराबरको हकप्रद स्वीकृत

kharibot

काठमाडौं । नेपाल धितोपत्र बोर्डले श्री इन्भेष्टमेन्ट एण्ड फाईनान्स कम्पनीको २८ करोड ६७ लाख २२ हजार पाँच सय ६२ रुपैयाँको हकप्रद सेयर बितरणको प्रस्ताव स्वीकृत गरेको छ । 

फाईनान्सलाई हाल कायम रहेको चुक्ता पुंजीको १० बराबर आठ दसमलव तीनको अनुपातमा एक सय रुपैयाँ अंकित मुल्य कायम रहने गरी २८ लाख ६७ हजार दुई सय २५ दसमलव ६२ कित्ता हकप्रद सेयर निष्काशनको लागि अनुमती दिएको बोर्डले जानकारी दिएको छ ।  

फाईनान्सको सेयर निष्काशन तथा बिक्री प्रवन्धककोरुपमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । हाल चुक्ता पुंजी ३४ करोड ५४ लाख रुपैयाँ रहेको फाईनान्सको हकप्रद सेयरको बिक्री पश्चात भने चुक्ता पुंजी  ६३ करोड २० लाख रुपैयाँ पुग्ने छ । 

फाईनान्सले चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा एक करोड एक लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै