सर्वोच्च अदालतद्वारा ट्रम्पको पक्षमा फैसला, मुस्लिम बाहुल्य ६ देशका नागरिक अमेरिका आउन नपाउने

खरीबोट

वाशिंटन । अमेरिकाको सर्वोच्च अदालतले मुस्लिम बाहुल्य ६ देशका नागरिकमाथि अमेरिका यात्रा प्रतिबन्ध लगाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयको पक्षमा फैसला गरेको छ । 

सर्वोच्च अदालतले राष्ट्रपति ट्रम्पको निर्णयको समर्थन गर्दै तत्काल पूर्ण रुपले कार्यान्वयन गर्न निर्देशन पनि दिएको छ । 

यस मुद्दामा सर्वोच्च अदालतले राष्ट्रपतिको पक्षमा फैसला गर्दै कार्यान्वयनका लागि निर्देशन दिएको हो । सर्वोच्च अदालतका ९ मध्ये सात न्यायाधीशले ट्रम्प प्रशासनले तल्लो अदालतले यात्रा प्रतिबन्ध लागु गर्न लगाएको प्रतिबन्ध हटाउन गरेको मागको पक्षमा मत दिएका हुन् । 

ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी सम्हाले लगतै मुस्लिम बाहुल्य देशबाट अमेरिकाको सुरक्षामा खतरा रहेको भन्दै चाड, इरान, लिबिया, सोमालिया, सिरिया र यमनमाथि यात्रा प्रतिबन्ध लगाउने निर्णय गरेका थिए । 

सर्वोच्च अदालतले कार्यान्वयनको बाटो खुला गरे पनि अझै कानुनी चुनौती भने रहेका छन् । गएको जनवरीमा सत्ता सम्हाले लगतै ट्रम्पले यात्रा प्रतिबन्धको घोषणा गरेपनि विभिन्न कानुनी अड्चनका कारण कार्यान्वयन हुन् सकेको थिएन । 

तल्लो अदालतका न्यायाधीशले ट्रम्पको निर्णय धार्मिक रुपमा मुस्लिममाथिको प्रतिबन्ध रहेको भन्दै कार्यान्वयनमा रोक लगाएका थिए । तर उत्तर कोरिया र भेनेजुएलाका केही सरकारी अधिकारीमाथि लगाइएको प्रतिबन्धलाई भने तल्लो अदालतले यसअघि नै मन्जुरी दिएका थिए । 

अब सर्वोच्च अदालतको आदेशपछि मुस्लिम बाहुल्य ६ देशका नागरिक अमेरिका प्रवेश गर्न नपाउने भएका छन् । 
 

सम्बन्धित समाचार

कर कटौती सम्बन्धि विधेयक अमेरिकी सिनेटबाट पारित, ट्रम्पलाई राहत 

वाशिंटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्तुत गरेको कर कटौती सम्बन्धि विधेयक अमेरिकी सिनेटले पारित गरेको छ । यसलाई राष्ट्रपति बनेयता डोनाल्ड ट्रम्पका लागि यो पहिलो ठूलो विधायिकी जितका रुपमा

यी हुन् डोनाल्ड ट्रम्पको ट्विटर एकाउण्ट 'डिएक्टिभेट' गरेर चर्चामा आएका जर्मन नागरिक

उत्तर अमेरिका । गत महिनाको सुरुतिर एकाएक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विटर एकाउण्ट सर्च गर्दा उनका फलोअरले उक्त एकाउण्ट नै नभएको रिजल्ट पाए । लाखौँ फलोअर भएका त्यसमाथि विश्वकै शक्तिशाली

ट्रम्पले गरे मुस्लिम विरोधी भिडियो रिट्वीट, बेलायतले भन्यो ‘गलत काम’

वाशिंगटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर एकाउन्टबाट तीन वटा मुस्लिम समुदाय विरोधी भिडियो रिट्वीट गरिएको छ । ट्रम्पको एकाउन्टबाट एक कट्टरपन्थी ब्रिटिस समूहले गरेको ट्वीटलाई रिट्वीट गरिएको हो ।  पहिलो

ट्रम्पले न्युजील्याण्डकी प्रधानमन्त्रीलाई क्यानडाकी प्रधानमन्त्रीकी श्रीमती ठानेपछि...

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्ने कार्य अहिले विश्वभर समाचार बन्ने गर्दछन । कहिले उत्तर कोरियासँगको विवाद त कहिले आफ्नै देश भित्र उनको आलोचनाको समाचार हरेक दिन आइरहेकै हुन्छन्