• २०८१ बैशाख १४ शुक्रबार

संविधान सर्वस्वीकार्य बनाउने संकल्प

kharibot

बुटवल । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँडले पार्टीको नेतृत्वमा संविधान बनेकोले यसलाई सर्वस्वीकार्य बनाउन आफूहरु दृढ संकल्पित रहेको बताएका छन् । 

उनले संविधानमा सबैको भावनाको प्रतिनिधित्व कायम गर्न यसको सर्वस्वीकार्यता आवश्यक रहेको भन्दै कांगे्रसलाई मतदान गर्न आह्वान गरे । 

प्रतिनिधिसभा र प्रदेशसभाको यही मंसिर २१ गते हुन निर्वाचनको आज प्रचार प्रसार कार्यक्रमको अन्तिम दिन बुटवलमा आयोजित चुनाीवसभामा नेता खाँडले विकासका लागि पुँजी चलायमान बनाउन खुल्ला अर्थतन्त्र र लोकतान्त्रिक व्यवस्थामा मात्र संम्भव छ भने । उनले कम्युनिष्ट व्यवस्थाममा यी दुबै असम्भव हुने दाबी गरे । 
उनले कांग्रेसलाई ५ नं प्रदेशको विभाजन मान्य नभएको बताउँदै भने –‘रुपन्देहीमा ५ नं। प्रदेशको राजधानी बनाउन नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनलाई जिताउनुस् ।’ 

कार्यक्रममा कांग्रेसका नेता डा रामशरण महतले कांग्रेसले ०४८ पछि मुलुकमा उदार अर्थव्यवस्था लागु गरेर नयाँ आर्थिक विकाससहित परिवर्तनको लहर सुरु गरेको दाबी गरे । 

राजनितिक स्वतन्त्रता भएको मुलुकमा मात्र आर्थिक क्षेत्रलगायत सामाजिक क्षेत्रमा समेत स्वतन्त्रता हुने बताउँदै उदार अर्थव्यवस्थासहित समृद्धिको मुद्दा नेपाली कांग्रेसले सबैभन्दा पहिले अगाडि सारेको जिकिर गरे । 

उद्योगपति तथा नेपाली कांग्रेसको आर्थिक समृद्धि तथा विकास समन्वय उपसमितिका संयोजक विनोद चौधरीले मुलुकको आर्थिक समृद्धि नेपाली काँग्रेसबाट मात्रै सम्भव भएको बताए । 

कार्यक्रममा रुपन्देही क्षेत्र नं। २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार युवराज गिरी, प्रदेशसभा १ का उम्मेदवार काजिमान श्रेष्ठ, प्रदेशसभा २ उम्मेदबार महेशमान सिंहले आफ्ना चुनावी प्रतिबद्धता व्यक्त गरे ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै