कतारमा बिचल्लीमा परेकी खोटाङकी युवतीलाई नेपाल पठाइयो

खरीबोट

खोटाङ / चार महिनादेखि कतारमा अलपत्र परेकी खोटाङ बास्पानीकी एक युवतीलाई स्वदेश फर्काइएको छ ।

कतारको दोहास्थित सफिर क्लिनर कम्पनीमा कार्यरत केपिलासगढी गाउँपालिका–३ बास्पानीकी मनराखी राईलार्ई खोटाङ सेवा समाज कतारको सहयोगमा स्वदेश फर्काइएको हो ।

कम्पनीले निरन्तर काम लगाए पनि कम्पनी मालिकले चार महिनादेखि तलब नदिएपछि उनलाई कतारदेखि नेपालसम्मको एकतर्फी हवाई टिकट उपलब्ध गराएर स्वदेश फकाईएको समाजका द्धितीय उपाध्यक्ष रुद्र शर्मा आचार्यले बताए । पाउनुपर्ने बाँकी तलब उपलब्ध गराउन पटकपटक माग गर्दा पनि कम्पनी मालिकले वास्ता नगरेपछि मनराखीले श्रम अदालतमा उजुरी दिएकी थिइन् ।

अदालतमा उजुरी परेपछि कम्पनी मालिक सम्पर्कविहीन बनेपछि मन राखी विचल्लीमा परेकी थिइन् । कम्पनीबाट लामो समयसम्म तलब नपाउँदा समस्यामा परेपछि उनले सहयोगका लागि खोटाङ सेवा समाजसमक्ष सहयोग मागेकी थिइन् ।

पैसा कमाउने सपना बोकेर २७ महिना अघि कतार पुगेकी मनराखी खाली हात नेपाल फर्किएकी हुन् । ऋण काँढेर कतार पुगेकी उनी उल्टै अलपत्र बनेपछि परिवारको सपना भताभुंग भएको छ ।

सम्बन्धित समाचार

खोटाङ ४४ औँ पूर्ण साक्षर जिल्ला घोषणा

खोटाङ । ‘समग्र खोटाङ समुन्नतिको निकास, ज्ञान, सीप, संस्कार, साक्षरताको विकास’ भन्ने नारासहित खोटाङ जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गरिएको छ ।  जिल्लामा रहेका १५ देखि ६० वर्ष उमेर समूहका जनसंख्या

स्थानीय तहका जनप्रतिनिधिले नेपाली पोशाक लगाउने

खोटाङ ।  स्थानीय तहका सबै जनप्रतिनिधिले पोशाकमा एकरुपता ल्याउने भएका छन् ।  पुरुष जनप्रतिनिधिले दौरा सुरुवाल, ढाकाटोपी र कोट तथा महिला जनप्रतिनिधिले चौबन्दी चोली, सारी र कोट लगाउने भएका हुन् । सर्वसाधारण तथा

खोटाङको हलेसीबजारमा भएको आगलागी

धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसीबजारमा मङ्गलबार राति भएको आगलागीबाट नष्ट भएका घरमा पुरिएका सामग्री निकाल्दै विद्यार्थी । मङ्गलबार राति स्थानीय मगम राईको घरबाट सुरु भएर पैmलिएकोे आगोबाट सात घर नष्ट

खोटाङको हलेसीमा भएको आगलागीबाट पाँच करोडको क्षति

खोटाङ ।  धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसीबजारमा मंगलबार भएको आगलागीमा रु पाँच करोड एघार लाख १५ हजार क्षति भएको छ ।  हलेसी तुवाचुङ नगरपालिका–७ स्थित हलेसीबजारका व्यवसायी मगम राईको घरबाट सल्किएको आगोले १३