• २०८१ बैशाख १५ शनिबार

कर कटौती सम्बन्धि विधेयक अमेरिकी सिनेटबाट पारित, ट्रम्पलाई राहत 

kharibot

वाशिंटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्तुत गरेको कर कटौती सम्बन्धि विधेयक अमेरिकी सिनेटले पारित गरेको छ । यसलाई राष्ट्रपति बनेयता डोनाल्ड ट्रम्पका लागि यो पहिलो ठूलो विधायिकी जितका रुपमा हेरिएको छ ।

कम्पनीहरु तथा केही व्यक्तिमाथि लाग्दै आएको कर कटौती गर्ने परिकल्पना विधेयकले गरेको बिबिसीले उल्लेख गरेको छ । पछिल्लो कदमलाई सन १९८० को दशकयताकै सबैभन्दा ठूलो करसम्बन्धी फेरबदल भनिएको छ । यो विधेयकको पक्षमा ५१ र विपक्षमा ४९ मत परेको थियो । विपक्षि पार्टीहरुले भने यो विधेयकले ठूला व्यवसायलाई मात्रै फाइदा पुग्ने दाबि गरेका छन् ।

विधेयक अनुमोदन भएपछि राष्ट्रपति ट्रम्पले रिपब्लिकनहरुलाई धन्यवाद दिंदै काम गरेर जीवनयापन गर्ने परिवारका लागि व्यापक कर कटौती गर्ने दिशामा एक कदम नजिक पुगेको टिप्पणी गरेका छन् ।

अब सिनेटले पछिल्लो कानूनलाई तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सले गत महिना पारित गरेको कानूनसँग एकीकृत गर्नुपर्नेछ । त्यसपछि त्यसमा राष्ट्रपतिले हस्ताक्षर गर्नेछन ।
नयाँ ऐन अनुसार कम्पनीहरुसँग सम्बन्धित कर ३५ प्रतिशतबाट २० प्रतिशतमा झारिएको बीबीसीले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय