• २०८१ बैशाख १६ आइतबार

न्युक्यासलमाथि चेल्सीको शानदार जित, हजार्डले गरे दुई गोल 

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिगअन्तर्गत चेल्सीले न्युक्यासल युनाइटेडलाई ३-१ ले पराजित गरेको छ । 

शनिबार भएको खेलमा चेल्सीले इडेन हजार्डको दुई गोल र अल्भारो मोराटाको एक गोलको मद्धतले न्युक्यासललाई पराजित गरेको हो । न्युक्यासलका लागि डानी गेलले गोल गरेका थिए । 

गेलले खेलको १२औ मीनेटमा गोल गर्दै न्युक्यासललाई सुरुवाती अग्रता दिलाएको भएपनि सो अग्रतालाई बचाउन भने न्युक्यासल असफल भएको थियो । खेलको २१औ मिनेटमा हजार्डले गोल गर्दै चेल्सीलाई खेलमा फर्काएका थिए । त्यसपछि ३३औ मिनेटमा मोराटाले गोल गर्दै चेल्सीलाई २-१ को अग्रता दिलाए भने खेलको ७४औ मिनेटमा पेनाल्टीबाट गोल गर्दै हजार्डले चेल्सीलाई ३-१ को अग्रता दिलाए । त्यसपछि खेलमा कुनै गोल भएन र चेल्सीले खेल ३-१ ले जित्यो ।

घरेलु मैदानमा शनादर जित हासिल गर्दै चेल्सीले प्रिमियर लिगमा १५ खेलमा ३२ अंकसहित तेस्रो स्थानमा रहेको छ भने न्युक्यासल १५ खेलमा १५ अंक सहित लिगको १२औ स्थानमा रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै