• २०८१ बैशाख १५ शनिबार

पत्रिकाभरि विज्ञापन र व्यस्त सडक जाम गर्दै आयोजित आमसभाको एमालेद्वारा प्रतिरक्षा

kharibot

  काठमाडौं / नेकपा (एमाले)ले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा निर्वाचन आयोगले तोकेको आचारसहिंताभित्रै रही आफूले निर्वाचन प्रचारप्रसार गरिरहेको जनाएको छ ।

एमाले निर्वाचन परिचालन कमिटीका प्रवक्ता विष्णु रिमालले आज विज्ञप्ति निकाल्दै आयोगले तोकेका आचारसहिंताभित्र नै रही निर्वाचन प्रचारका सबै कार्यक्रम सञ्चालन गरिएको जानकारी दिएका हुन् । “आयोग जस्तो गरिमामय संस्थाले तोकेको आचारसंहिता पालना गर्नुलाई हामीले बाध्यता होइन, दायित्वको रुपमा लिनुपर्ने हुन्छ”, विज्ञप्तिमा उल्लेख छ ।

एमालेले चुनाव चिह्न वा शीर्ष नेताहरूको तस्वीरसहितको कुनै पनि प्रचार कार्य गर्दा आचारसंहिताको सीमाभित्र रही गर्न मतदाता र समर्थकलाई आग्रह गरेको छ । निर्वाचन आचारसहिंता विपरीत कार्य गरेको भन्दै आयोगले मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग स्पष्टीकरण माग गरेको थियो ।

मंगलबार मात्रै वाम गठबन्धनको तर्फबाट राजधानीको व्यस्त सडकमा एमालेले निर्वाचन आचारसंहिताको धज्जी उदाउँदै आमसभा गरेको थियो भने सोही दिनका अधिकांश दैनिक पत्रिकामा आफूलाई मतदान गर्न आग्रह गर्दै विज्ञापन गरेको थियो । सोही विषयमा आयोगमा उजुरी परेपछि बुधबार एमालेले आफ्नो कार्यको प्रतिरक्षा गरेको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै