• २०८१ बैशाख १६ आइतबार

लिपिष्टिक अन्डर माई बुर्का : महिलालाई हेर्ने सोच परिवर्तन गर्ने फिल्म

kharibot

बलिवुडमा सधै कमर्शियल सिनेमा मात्र बन्दैनन् धेरै कम बनेपनि हाम्रा समाजमा रहेका समाजिक विकृति र समाजमा बाहिर नआएका जटिल तर सान्दर्भिक विषयमा पनि फिल्म बन्ने गर्दछन् । गत बर्ष अमिताभ बच्चनको यस्तै फिल्म पिंक रिलिज भएको थियो । समाजमा रहेको महिलाप्रतिको सोच र स्थापित मान्यतालाई कडा प्रहर गर्दै उनीहरुको स्वतन्त्रताको वकालत गरेको फिल्मलाई दर्शकले पनि रुचाए र थुप्रै अवार्डपनि जित्न सफल भयो ।

बलिवुडमा शुक्रबार महिलाकै सन्दर्भमा अर्को फिल्म ‘लिपिष्टिक अन्डर माई बुर्का’ बनेको छ । धेरै विवाद र सेन्सरको लफडापछि यो फिल्म रिलिज भएको छ । अलगधारका फिल्म बनाउन माहिर प्रकाश झाले निर्माण गरेको यो फिल्मलाई अलकृता श्रीवास्तवले निर्देशन गरेकी छन् । महिलाहरुमा दबिएर रहेका इच्छालाई उजागर गरेको यो फिल्मलाई एकता कपुरले पनि सहकार्य गरी वितरणमा साझेदारी गरेकी छन् ।

फिल्मले हरेको किसिमले महिलाहरुलाई पछाडी राख्ने सोचमा प्रश्न उठाएको छ । समाजमा विद्यमान कथित नैतिकतामा प्रश्न उठाउदै नैतिक प्रश्न उठाउनेहरु प्रति नै फिल्मले प्रश्न गरेको छ । फिल्ममा भारतको भुपालमा बस्ने चार महिलाहरुको संघर्षपूर्ण कथालाई समानान्तररुपले अगाडी बढाएको छ । फिल्ममा भएको सेक्सुअल टोन कसैलाई मन नपरेपनि विश्लेषकहरुले यसलाई लिपिष्टिक क्रान्तिको रुपमा ब्याख्या गरेका छन् । भारतीय सेन्सर बोर्डलाई पनि यसमा आपत्ति रहेको थियो । फिल्मले घरेलु र कामकाजी महिलाहरुको निजी जिन्दगी र उनीहरुको मनस्थितिलाई उजागर गरेको छ । फिल्ममा उठाइएका कति कुराहरुले एक पटक सोच्न बाध्य बनाउछ ।

फिल्ममा रत्ना पाठक शाह, कोनकोना सेन, अहना कुमार, प्लाबिता बोरठाकुर, विक्रान्त मैसी, सुशान्त सिंहले अभिनय गरेका छन् ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै