• २०८१ बैशाख १७ सोमबार

रविन्द्र मिश्रलाई ओलीको व्यंग्य-‘ रेडियोमा समाचार भने जस्तो होइन राजनीति’

kharibot

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विकासको जिम्मा आफुले लिने बताउदै काठमाडौँ १ मा अनिल शर्मालाई जिताउन आग्रह गरेका छन् ।  

काठमाडौँको क्षेत्र नम्बर १ अन्तर्गत नयाँ बानेश्वर चोकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले  विवेकशील साझा पार्टी र कांग्रेसका उम्मेदवारलाई कडा प्रहार गरेका छन् ।  

ओलीले नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहलाई राष्ट्र संघमा गएर नेपालमा नाकाबन्दी छैन भनेको बताउदै अनिल शर्मा सक्षम भएर नै एमालेले काठमाडौँ-१ छोडेको बताए ।

त्यस्तै ओलीले विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रलाई रेडियोमा समाचार भने जस्तो राजनीति नभएको बताए । ओलीले भने, ‘समाचार त लेखेको हुन्छ, खरर पढ्ने त हो, राजनीतिमा त नदेखेका कुरा लेख्नुपर्छ, नदेखेका कुरा देख्नुपर्छ, नगरेका काम गर्नुपर्छ । देश बनाउने फराकिलो मन, छाती र संकल्प हुनुपर्छ ।’

ओलीले भने -‘केही भाइबहिनी अहिले आएका छन्, राजनीतिप्रति यो आकर्षणका लागि धन्यवाद भन्न चाहन्छु ।’ 

उनले अगाडी भने - ‘सिक्नु र खेल्नु बैग्लै कुरा हो । अहिले हामी यस्तो म्याच खेलेका छौं, जहाँ गोल गर्नैपर्छ । मेस्सीले खेल्दै गरेको ठाउँमा कस्तो हुँदोरहेछ, कत्तिको साह्रो छ, भकुण्डो म पनि हानीहेर्छु भनेर त्यस्तो खेलाडीले काम चल्दैन ।’

सभामा एमाले नेता ओलीका साथै बरिष्ठ नेता माधवकुमार नेपाल, माओवादी केन्द्रका नेता तथा वाम उम्मेदवार अनिल शर्माका दाजु जनार्दन शर्माले पनि सम्बोधन गरेका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै