• २०८१ बैशाख १५ शनिबार

काँग्रेस नेता निधि अस्पतालबाट डिस्चार्ज

kharibot

काठमाडौँ । स्थानीय ओम अस्पतालमा एक हप्ताको उपचारपछि पूर्वउपप्रधानमन्त्री तथा नेपाली काँग्रेसका नेता विमलेन्द्र निधि आज घर फिर्ता भएका छन् । 

लगातार ज्वरो आई छातीमा समेत समस्या देखिएपछि धनुषा क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार निधि यही मंसिर ४ गते चाबहिलस्थित ओम अस्पतालमा भर्ना भएका थिए । स्वास्थ्य परीक्षणपछि उनलाई निमोनिया देखिएकामा उनलाई इन्जेक्सनमार्फत एन्टिबायोटिक औषधि चलाई चिकित्सककै निगरानीमा राखिएको थियो । 

अस्पतालका पेटरोग विशेषज्ञ डा राहुल पाठक, छातीरोग विशेषज्ञ डा सुबोधसागर ढकाललगायतको टोलीले उनको उपचार गरेका थिए । ‘उनले अझ तीन दिन औषधि खानुपर्छ, ट्याब्लेट औषधि दिइएको छ, अहिले ठीक भएको छ तर पनि उहाँले स्वास्थ्य ख्याल गर्नुपर्छ,’ डा ढकालले बताए । धेरै मानिससँग नभेट्न र अन्य बिरामीबाट टाढै रही आराम गर्न चिकित्सकले निधिलाई सल्लाह दिएका छन् । 

नेता निधि अस्पतालमा रहँदा प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वराष्ट्रपति डा रामवरण यादव, राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट राष्ट्रपतिका विज्ञ सदस्य, भारतीय राजदूत मञ्जीवसिंह पुरीलगायतले अस्पतालमा पुगी निधिको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै