• २०८१ बैशाख १४ शुक्रबार

गुराँस लाइफको प्रमुुख कार्यकारीमा नारायण कुमार भट्टराई

kharibot

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुुख कार्यकारी अधिकृतमा नारायण कुुमार भट्टराई नियुुक्त भएकाछन । कम्पनीको सञ्चालक समितीको एक सय ४२ औं बैठकले भट्टराईलाई २०७४ साल कात्र्तिक ११ गते देखि नै लागुु हुनेगरि चार वर्षको लागि प्रमुुख कार्यकारीमा नियुुक्त गरेको हो ।

काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ४ निवासी भट्टराईले पुुने युनिभर्सिटीबाट एमबिएको उपाधी हाँसिल गरेकाछन । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालमा करिब नौ वर्ष सेवा गरि मिति २०६८ साल मंसिर १ गते गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा सहायक महाप्रबन्धक पदमा नियुक्त हुनु भएका भट्टराई मिति २०७० साल माघ एक गते देखि नायब महाप्रबन्धक पदमा बढुवा भएका थिए ।

कार्यरत अवधिमा कम्पनीको मार्केटिङ्ग विभाग प्रमुख, पुनर्बीमा विभाग प्रमुख को जिम्मेबारी कुशलतापुर्वक निर्वाह गरेका भट्टराईले यस अवधिमा धेरै पटक कम्पनीको कायम मुकायम प्रमुख भई कार्य गरिसकेकाछन । हालै मात्र राष्ट्रिय स्तरको उत्कृष्ट अभिकर्ता तथा अभिकर्ता संयोजक भेलामा आफ्नो लागि, आफ्नो बुढेशकालको लागि तथा आफ्नो सन्ततिको लागि उपयुक्त रहेकोे “ गुराँस सुरक्षित भविष्य जीवन बीमा योजना”सार्वजानिक गरेको तथा कम्पनीले आफ्नो स्थापनाकाल देखि नै विभिन्न किसिमका बीमितहरुको चाहना बमोजिम जीवन बीमा योजना ल्याउँदै नेपालभर ७ वटा क्षेत्रीय कार्यालय, २० वटा शाखा कार्यालय, ३६ वटा उपशाखा कार्यालय तथा ३ वटा एक्सटेन्सन कार्यालय मार्फत जीवन सेवा प्रदान गरि रहेको यस कम्पनीले आफनो अभिकर्ता संजाल मार्फत नेपाल राज्यभर बीमा सेवा पुर्याइरहेको छ ।

कम्पनीले नेपाल राज्य भर सस्तो, सुलभ तथा भरपर्दो जीवन बीमा सेवा पुर्याउने तयारी गरेको छ । जीवन बीमा क्षेत्रमा लामो अनुभव संगालेका भट्टराईको नेतृत्वमा गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालको बीमा क्षेत्रमा आफ्नो विशिष्ट पहिचान बनाउँदै अगाडी बढ्ने विश्वास लिइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै