• २०८१ बैशाख १७ सोमबार

पश्चिम रुकुममा अर्को मतपेटिकामा पनि आगलागी, काँग्रेस प्रतिनिधि पक्राउ

kharibot

रुकुम । पश्चिम रुकुमको आठबिसकोट नगरपालिका –११ स्थित नेपाल राष्ट्रिय मावि गतसैना मतदान स्थलको (ख) मतदान केन्दको समानुपातिक मत पेटिकामा पनि आगो लागेको छ ।

घटनामा संलग्न भएको आरोपमा सोही मतदान केन्द्रमा खटिएका कांग्रेसका प्रतिनिधि केशव बहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनापछि समानुपातिकतर्फको मतदान रोकिएको छ । आगलागी कसरी भयो भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै रुकुम पश्चिमको रत्न मावि बाँफिकोटको मतदान केन्द्र (क) बुथमा प्रत्यक्षतर्फको मतपेटिकामा पनि आगो लागेको थियो । प्रतिनिधिसभा अन्तर्गत प्रत्यक्षतर्फको मतपेटिकामा आगो लागेको हो ।

मतपेटिकाबाट धुवाँ निस्किएपछि तत्काल पानी हालेर आगो निभाइएको थियो । प्रहरीका अनुसार पूरै मतपेटिकामा नभएर केही मत पत्र मात्रै जलेको छ । मतपेटिकामा कसरी आगो लाग्यो भन्ने बारे अनुसन्धान भइरहेको छ ।

आगलागी भएपछि अहिले मतदान कार्य रोकिएको छ भने सर्वदलिय बैठक बसिरहेको छ । मतपेटिकामा एसिड हालेको आशंका गरिएको छ । मतदान अधिकृत नन्दलाल महतोका अनुसार त्यस मतपेटिकामा २५० मत खसेको थियो ।

एसिड हालेको आशंकामा ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै