• २०८१ बैशाख २६ बुधबार

जनकपुरमा राजेन्द्र महतोको डेरा जनिक बम विष्फोट

kharibot

फाइल तस्बिर

महेन्द्रनगर, धनुषा ।  जनकपुरमा गए राति ८ बजे बम विस्फोट भएको छ । 

रंगभूमि मैदान (बाह्रबिघा) को उत्तर पश्चिम छेउमा संकटमोचन मन्दिर नजिक बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । विस्फोटबाट कुनै मानवीय तथा भौतिक क्षति भएको छैन । बम विस्फोट भएको ठाउँबाट केही पर राजपा नेता राजेन्द्र महतोको डेरा छ । 

बम विस्फोट भएको ठाउँमा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरी अनुसन्धान भइरहेको धनुषाका प्रहरी नायब उपरीक्षक प्रवीण धितालले जानकारी दिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै